Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दलित महिला कुट्नेलाई दुई लाख जरिवाना – Gaule Khabar

दलित महिला कुट्नेलाई दुई लाख जरिवाना

दलित महिला कुट्नेलाई दुई लाख जरिवाना

कालीकोट,माघ १४–

जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन् ।

थिर्पु– ९ निवासी जानकी वमले आर्थिक लेनदेनका क्रममा सोही गाविस–३ निवासी मालछिना लोहारलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटका क्रममा मालछिना लोहारको ढाड र घाँटीमा गम्भीर चोट लागेको बताइएको छ । मालछिनाका पति करवीर लोहारले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने र छुवाछूतसम्बन्धी मुद्दा दायर गरेको १५ दिनपछि कार्यालयले उपचारखर्च तिराउनेगरी मिलापत्र गराएको थियो

प्रशासनले उपचार खर्चमात्र दिने नतोकेकामा दुबैपक्षका मध्यस्तकर्ताले रु दुई लाख उपचार खर्चस्वरुप पीडितलाई दिने सहमति भएको बताइएको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका