Gaule Khabar
आइतवार, साउन २२, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

तिवारी हत्याका दोषीलाई कारबाही माग

  • admin
  • मङ्लबार, पुस ५, २०७३
तिवारी हत्याका दोषीलाई कारबाही माग

काठमाडौँ, पुस ५ –

अनेरास्ववियुले रुपन्देहीस्थित युवा सङ्घका अध्यक्ष दुर्गा तिवारीका हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि विद्यार्थीले विरोध पनि प्रदर्शन गरे । अज्ञात समूहले तिवारीलाई सोमबार अपराह्न करिब ३ बजे देवदह नजिकै गोली हानेकामा स्थानीय देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले सरकारले सो घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै तिवारीको हत्याबाट उत्पन्न भएको शोकलाई शक्तिमा परिणत गरी उहाँको आदर्शानुसार सङ्गठनलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

यसैबीच पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आज अनेरास्ववियुले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा धर्ना दिएको छ । पछिल्लो पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अस्वाभाविक भएकाले त्यसलाई फिर्ता लिन सङ्गठनले आग्रह गरेको छ ।

रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति राजकुमार राईले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले चौतर्फी असर पर्ने र सर्वसाधारणलाई मार पर्ने हुँदा मूल्य वृद्धि फिर्ता गर्न आग्रह गर्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भएकाले स्वचालित प्रणालीअनुसार मूल्य बढाउन आवश्यक नदेखिएको जिकिर गर्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ