Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जनताको भावना समेटेर निर्वाचनःनेता पाण्डे – Gaule Khabar

जनताको भावना समेटेर निर्वाचनःनेता पाण्डे

जनताको भावना समेटेर निर्वाचनःनेता पाण्डे

चितवन,माघ १३-

नेपाली कांग्रेसका नेता बद्री पाण्डेले सबै दल र जनताको भावनालाई मिलाएर संविधानको कार्यान्वयन र सवै तहको निर्वाचनको पक्षमा कांग्रेस रहेको वताउनु भएको छ ।उहांले वर्तमान राजनितिमा देखिएको जटिलतालाई अन्य दलहरुबाट अपव्याख्या भएको भन्दै राष्टियताको नारा कुरामा मात्र नभई व्यवहारमा पनि लागु हुनुपर्ने वताउनु भयो ।नेपाली कांग्रेस चितवनको संगठन सुदृढिकरण एवं जागरण अभियान अन्तर्गत भरतपुर उपमहानगरपालिका वडा नं. ४ ले विहिवार नारायणगढमा प्रशिक्षण सहित जागरण भेलालाई सम्वोधन गर्दे पाण्डेले कांग्रेस मुलुकको सवैभन्दा ठुलो दल रहेकाले जिम्मेवारी र दायित्व बराबरी रहेकाले अभिभावकत्वको भुमिका निर्वाह गर्दै आएको दावी गर्नुभयो ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले संगठन सुदृढिकरण तथा जागरण अभियानले कांग्रेसलाई अझ बलियो बनाउन महत्वपुर्ण भूमिका खेल्ने वताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव राजिव न्यौपाने , सहसचिव सुर्य अर्याल , सदस्य प्रकाश अधिकारी, ईन्दु पण्डित , क्षेत्रिय सभापति रमेश अधिकारी , उपसभापति भरत प्रसाद लामिछाने , महासमिती सदस्य सुबोध प्रधान, नगर सभापति भरत अधिकारी , महिला संघ क्षेत्रिय सभापति पवित्रा केसी , तरुण दल क्षेत्रिय सभापति राजकुमार गुरुङ, तरुण दल चितवनका पुर्व सचिव रबिन्द्र गौतम , तरुण दल वडा सभापति माधव अर्याल , वडा समितीका पुर्व सभापतिहरु बामदेव खनाल, बोधनाथ गौतम , गणेश प्रसाद पौडेल , निवर्तमान सभापति चन्द्रमित्र पण्डित, सचिव सुशिलकुमार पौडेल , सहसचिव प्रदिप लामिछाने लगायत पाटिका भातृसंस्थाका सदस्यहरु , क्रियाशिल सदस्यहरुको उपस्थिती थियो । वडा सभापति सिताराम खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति टंक प्रसाद रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका