महराको सचिवालय भन्छ–उहाँले भुरे माछा भन्नुभएको होइन

महराको सचिवालय भन्छ–उहाँले भुरे माछा भन्नुभएको होइन

काठमाडौं, माघ ४ –

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफूलाई ‘भुरे माछा’ भनी अभिव्यक्ति दिएको भन्दै सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेको छ । महराको निजी सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै चरित्र हत्या गर्ने समाचार प्रकाशित गरेको दाबी गरेको छ । ‘केही दिनयता माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको चरित्र हत्या गर्ने ढंगले समाचार प्रकाशन भएकोमा अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी केही पत्रिकामा राजीतिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसायले माननीमन्त्री ज्यूको बद्नाम गर्ने गरीे समाचार प्रकाशन भएकोमा अर्थ मन्त्रालय खेद प्रकट गर्न चाहन्छ ।’

विज्ञप्तिमा सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारबाही गर्न माहराले मन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीहरुलाई स्पष्ट निर्देशन दिएको उल्लेख छ । केही दिनअघि पोखरामा अर्थ मन्त्रालयकै अन्तरक्रियामा मन्त्री महराले सुन तस्करीमा धेरै ठूला माछा रहेको र आफू भुरे माछा भएको अभिव्यक्ति दिएको समाचार आएको थियो । उक्त अभिव्यक्तिप्रति माओवादी केन्द्रभित्रै आलोचना भएपछि मन्त्री महराले विज्ञप्ति जारी गर्न लगएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका