Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जाडोले विद्यालय जान बञ्चिलाई न्यानो कपडा सहयोग – Gaule Khabar

जाडोले विद्यालय जान बञ्चिलाई न्यानो कपडा सहयोग

जाडोले विद्यालय जान बञ्चिलाई न्यानो कपडा सहयोग

सहबान अन्सारी,
नवलपरासी, माघ ८–

नवलपरासीको पक्लिहवा–३ मुसहर टोलमा न्यानो कपडा वितरण गरिएको छ ।
विवेकशील नेपाली नवलपरासी र विवेशकशील नेपाली रुपन्देहीको संयुक्त आयोजना करिब ७० घरधुरीलाई न्यानो कपडा वितरण गरेको हो । महिला, वृद्धवृद्धा, बालबालिकाहरुलाई कम्बल, ज्याकेट, स्वीटरलगायत न्यानो कपडाहरु वितरण गरिएको विवेकशील नेपाली नवलपरासीका जिल्ला सदस्य कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
मुसहर टोलका बालबालिकाहरु न्यानो कपडा नहुँदा चिसो मौसममा विद्यालय जान छोडेको र शिक्षाबाट बञ्चित हुँदै गएपछि सो ठाउँमा न्यानो कपडा बितरण गर्र्न पाउँदा खुशी भएको भट्टराईले बताउनुभयो ।
पक्लिहवा प्रहरी चौकीका ईन्चार्ज कुलबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधेश युवा विकास मन्च पक्लिहवाका भानुप्रसाद चौहान, गोपाल शर्मा, बिष्णुराज रेग्मी, अशिष भण्डारी, सागर न्योपाने, मनिष पाण्डे, खेमराज गिरी, सुवास भण्डारी, शरद पाण्डेलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका