Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुस्त मनःस्थिति कल्याण संस्थाले रजत महोत्सव मनाउँने – Gaule Khabar

सुस्त मनःस्थिति कल्याण संस्थाले रजत महोत्सव मनाउँने

सुस्त मनःस्थिति कल्याण संस्थाले रजत महोत्सव मनाउँने

चितवन, मंसिर १८–

राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्था नेपाल, चितवन शाखाले
भव्य रुपमा रजत महोत्सव मनाउने भएको छ ।
स्थापनाको २५ वर्ष पुरा गरेको विशेष उपलक्षमा विभिन्न कार्यक्रमका साथ एक महिने रजत महोत्सव कार्यक्रम गर्न लागिएको आज पत्रकार सम्मेलन गरि जानकारी दिईयो ।

रजत महोत्सव मुलसमिति संयोजक तथा राष्ट्रिय सुस्त मनः स्थिति कल्याण संस्था नेपाल, चितवन शाखाका सभापति राजकुमार श्रेष्ठले विभिन्न सामाजिक तथा खेलकुदका कार्यक्रमगरि रजत महोत्सव मनाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यही मंसिर २० गते नारायणगढस्थित प्राथमिक विद्यालयका छात्रछात्राहरुलाई खेलकुद सामाग्री तथा स्टेशनरी वितरण, मंसिर २५ गते टुहुरा बालिकाहरुलाई न्यानो कपडा वितरण, पुस २ गते अन्तर सुस्त मनःस्थिति कल्याण विद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता, पुस ४ गते प्राथमिक विद्यालयका शिक्षक÷शिक्षिकाहरुलाई सुस्त मनःस्थिति सम्बन्धी जनचेतना कार्यक्रम, पुस ९ गते सुस्त मनःस्थिति भएका व्यक्तिहरुलाई पुर्नस्थापना, १६ गते जिल्ला स्तरीय एथलेटिक्स तथा खेलकुद प्रतियोगिता र पुस २३ गते रजत महोत्सव समापन समारोह रहेका छन् ।
रजत महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरु निर्माण गरिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ चितवनका सभापति हरिप्रसाद पोखरेलले सुस्त मनः स्थिति भएका बालबालिकाहरूको कल्याणमा संस्थाले गौरवमय २५ वर्ष पुरा गर्न सफल भएकोमा बधाइ दिंदै बौद्धिक अपांगता जस्तो विशेष वर्गलाई सबैले सकेको मद्धत गर्नुपर्ने बताउनुभयो । उहाँले रजत महोत्सव सफल बनाउन संचारमाध्यमहरुले सहयोग गर्नेमा विश्वास दिलाउनुभयो ।
वि.सं.२०४२ सालमा रत्ननगरको टाँडी र श्रीपुर चितवनमा विशेष विद्यालयीय सेवा प्रदान गर्दै आएको विद्यालय कार्यक्रमहरुलाई समेटेर २०४८ असोज २६ गते जिल्ला स्तरमै बौद्धिक अपाङगता भएका बालबालिका तथा व्यक्ति हरुको कल्याण गर्ने उद्देश्यले राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्था चितवन शाखा गठन भएको थियो । यस संस्थाले हाल नारायणगढ र श्रीपुरमा संचालित दिवा तथा आवासीय विद्यालय तथा घरदैलो कार्यक्रम संचालन गरि सुस्त मनःस्थिति भएका विभिन्न उमेर समूहका १२५ जना बालबालिकाहरुलाई प्रत्यक्ष सेवा पुर्याउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका