Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भारतले नेपाली बुलेटमार्फत् ग्यास ढुवानीको अनुमति दिएन – Gaule Khabar

भारतले नेपाली बुलेटमार्फत् ग्यास ढुवानीको अनुमति दिएन

भारतले नेपाली बुलेटमार्फत् ग्यास ढुवानीको अनुमति दिएन

काठमाडौ,माघ २९-

भारतले अनुमति नदिएपछि नेपाली बुलेटबाट ग्यास ढुवानी गर्ने योजना तत्कालका लागि रोकिएको छ। भारतको ‘एक्सप्लोसिभ’ विभागले नेपाली बुलेटलार्इ ‘एक्सप्लोसिभ’ प्रमाणीकरण नगरेकोले तत्कालका लागि ढुवानी गर्न रोकिएको हो।

यो प्रमाणीकरण नभर्इ इन्डियन आयल कर्पोरेशन(आइओसी)ले ग्यास भर्न दिँदैन। नेपाली नम्बर प्लेटको बुलेटबाट ग्यास ढुवानीका लागि भन्दै चालु आर्थिक वर्षको बजेटमार्फत भन्सार छुट समेत दिइएको थियो। तर नेपालले बुलेट बनाएर प्रमाणीकरणका लागि भारतको ‘एक्सप्लोसिभ’ विभागमा पठाउँदा उसले दुर्इ महिनादेखि कुनै जवाफ दिएको छैन।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बुलेटको एक्सप्लोसिभ प्रमाणीकरणका लागि नेपाल आयल निगमलार्इ पत्र पठाएका थिए। त्यसपछि निगमले विभागलार्इ प्रमाणीकरणका  लागि पत्र पठाएको थियो।  निगमका ग्यास विभागका निमित्त निर्देशक दीपक बरालले दुर्इ महिनाअघि बढाएको कुनै जवाफ नआएको जानकारी दिए।

हामीले दुर्इ महिनाअघि भारतको एक्सप्लोसिभ विभागमा प्रमाणीकरणका लागि पत्र पठाएका थियौ। तर अहिलेसम्म कुनै जवाफ आएको छैन,उनले भने। नेपाल आयल निगमले नेपाली बुलेटमार्फत ग्यास ढुवानीका लागि ९ सय ७१ वटा बुलेटलार्इ अनुमति दिएको थियो। घिमिरेको बुलेटलेनै अनुमति नपाएपछि अरु व्यवसायीले बुलेटनै ल्याएका छैनन्।

स्रोतका अनुसार ग्यास बोकिरहेका भारतीय ढुवानी व्यवसायीको दबाबमा भारतले प्रमाणीकरण रोकेको हो। अहिले भारतका साढे ६ सय बुलेटमार्फत ग्यास ढुवानी हुँदै आएको छ।भारतीय ढुवानी व्यवसायीले आफ्नो व्यवसाय गुम्ने भएपछि  विभागनै प्रभाव पारेर प्रमाणीकरण रोकिएको हो ।

स्रोतका अनुसार चालिस वर्षदेखि व्यवसाय गर्दै आएका भारतीय व्यवसायीको प्रभाव ठूलो छ। भारतीय बुलेट विस्थापित गर्ने योजनाका बारेमा सरकारी तहमै चासो राखिएको छ।विभागले आइओसीलार्इ पत्र पठाउँदै भारतीय बुलेट विस्थापित गर्न लागेको बारेमा जवाफ समेत मागेको थियो।आइओसीले नेपाली ट्या‌ंकरले विगत केही वर्षदेखि तेल बोकिरहेको भन्दै जवाफ पठाएको थियो।

केही वर्षअघिसम्म भारतीय ट्या‌करले मात्रै तेल बोक्ने गर्थे।तर पछि भारतले विस्तारै नेपाली ट्या‌ंकरलार्इ तेल बोक्न अनुमति दिएको थियो।अहिले तेल बोक्ने ट्यांकर भारतीय छैनन्। सबै नेपाली नम्बर प्लेटका ट्यांकरमार्फत तेल ढुवानी हुँदै आएको छ।

भारतीय ढुवानीकर्ता हुँदा नेपाललाई प्राथमिकतामा नराख्ने र ढुवानी भाडाका लागि वार्षिक चार अर्ब विदेशिने भन्दै निगमले नेपाली वुलेट राख्न टेन्डर आह्वान गरेको थियो। अहिले भारतीय कम्पनी आरपी ट्रान्सपोर्ट,अक्षय रोडलाइन्स,कार्गो सर्भिस, सीमा रोडलाइन र  कर्मवीर ट्रान्सपोर्ट लगायतले ग्यास ढुवानी गर्दै आएका छन्।यही कम्पनीका संचालकहरुको दबाबका कारण अनुमति रोकिएको स्रोतले बतायो।

उद्योगीमा फूट
नेपाली बुलेट राख्न एलपी ग्यास उद्योग संघले एकमतमा निर्णय गरेको थियो।एकमतमा निर्णय गरेर संघले बुलेट राख्नका लागि निगम,आपूर्ति मन्त्रालय लगायतका सरकारी निकायलार्इ घुसको रुपमा रकम दिन भन्दै प्रति बुलेट डेढ लाख रुपैयाँसम्म उठाइएको थियो।

यो रकम उठाएर नीतिगत रुपमा अगाडी बढेका व्यवसायी अहिले भने विभाजित भएका छन्।स्रोतका अनुसार भारतले अनुमति नदिने संकेत पाउनेवित्तिकै आफुले पाएको वुलेटको अनुमति अरुलार्इ कागजकै रुपमा अरुलार्इ बिक्री गरिसकेका छन्।

स्रोतका अनुसार संघभित्रका जिम्मेवार पदाधिकारीनै नेपाली बुलेटको विपक्षमा अभिमत राख्ने गरेका छन्। स्रोतका अनुसार बुलेट राख्न उठेको पैसा संघका केही व्यक्तिले आफुखुशी चलाएको भन्दै पैसा फिर्ता दिन दबाब दिने तयारीमा छन्। तर घिमिरेले भने बुलेट राख्न कुनै रकम नउठाइएको बताउँदै आएका छन्। ‘हामीले नेपाली बुलेट राखेर चार अर्ब रुपैयाँ स्वदेशमै बचत होस भन्ने चाहेका हौ। बुलेेट राख्न कुनै रकमको चलखेल भएको छैन’उनले केही समयअघि भने्का थिए।पहिलो पोष्टवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका