Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जनजाति महासंघ महाधिवेशनः महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित – Gaule Khabar

जनजाति महासंघ महाधिवेशनः महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित

जनजाति महासंघ महाधिवेशनः महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित

चितवन, पुस ४–

चितवनको नारायणगढमा जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनमा अहिले केहीबेर अघि बन्द सत्र सुरु भएको छ ।
नयाँ नेतृतवको विषयमा विवाद भएपछि बन्द सत्र सुरु हुन सकेको थिएन । बन्द सत्र सुरु भएपछि हिजो पेश गरिएको महासचिव पेम्बा भोटेको प्रतिवेदन र कोषाध्यक्ष जगत बरामको प्रतिवेदन ताली बजाएर पारित गरिएको छ । अहिले बन्द सत्रमा चितवन घोषणा पत्र माथि छलफल भईरहेको छ ।
नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको उम्मेदवार तय भएपछि शीर्ष नेताहरुको दवाबमा बन्द सत्र नै अवरुद्ध भएको थियो ।
नेपाली काँग्रेसबाट हालका कोषाध्यक्ष जगत बराम, नेकपा एमालेबाट हालका उपाध्यक्ष सूर्य भुजेल र माओवादीबाट नत्यिानन्द ताजपुरिया उम्मेदवारी दिने तयारी छ । ताजपुरियालाई संघीय समाजवादी फोरमलगायतको साना दल निकटका प्रतिनिधिहरुको समर्थन रहेको स्रोतको भनाई छ ।
नयाँ नेतृत्वका लागि कुल ५६ भोट रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका