Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आन्दोलन चर्किन थालेपछि प्रधानमन्त्रीले भने, ‘एमालेलाई फकाउँदैछु, कुरा मिल्छ’ – Gaule Khabar

आन्दोलन चर्किन थालेपछि प्रधानमन्त्रीले भने, ‘एमालेलाई फकाउँदैछु, कुरा मिल्छ’

आन्दोलन चर्किन थालेपछि प्रधानमन्त्रीले भने, ‘एमालेलाई फकाउँदैछु, कुरा मिल्छ’

काठमाडौं,मंसिर १८-

संविधान संशोधन र सीमाङ्कनका विषयमा चर्को विरोध आइरहेका बेला प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विवादित विषयमा आफूले सहमति खोज्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

काठमाडौंको कोटेश्वरस्थित पार्टी मुख्यालयमा शनिबार बसेको पोलिट ब्यूरो बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमाले र मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयासमा आफू रहेको बताउनुभएको हो ।

‘संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालज्यूले पोलिट ब्यूरोमा नेताहरूलाई जानकारी गराउनु भएको छ’, दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘संविधान संशोधनमा सहमति जुटाउँछु ।’

‘संविधान संशोधनमा सबै सहमति जुटाउन सरकार प्रयत्नशील छ’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले प्रमूख प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग सरकार निरन्तर सम्वादमा छ ।’ प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको समेत बताउनुभयो ।

पाँच नम्बर प्रदेशबाट तराई र पहाडी जिल्ला टुक्र्याउने गरी सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि रुपन्देहीलगायतका जिल्लाहरूमा सर्वसाधारण सडकमा उर्लिएका छन् । चर्को विवाद हुन थालेपछि दाहालले सो विषयमा माओवादी केन्द्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति तयार पार्न सक्रिय रहनु भएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावबाट तत्काल आफू पछाडि हड्ने पक्षमा नरहेको संकेत गर्नु भएको छ । ‘विरोध हुन्छ । म मिलाउने कुरामा विश्वस्त छु’, दाहाललाई उदृत गर्दै स्रोतले भन्यो, ‘पार्टीभित्र विवाद छ । तपाईहरूले मलाई साथ दिनुभयो भने म मिलाउँछु । एमालेलाई फकाउँदैछु, कुरा मिल्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका