Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल-चीन थिंक ट्यांक सम्मेलनमा कांग्रेस नेताले भने- ओली ‘अभूतपूर्व प्रधानमन्त्री’ – Gaule Khabar

नेपाल-चीन थिंक ट्यांक सम्मेलनमा कांग्रेस नेताले भने- ओली ‘अभूतपूर्व प्रधानमन्त्री’

नेपाल-चीन थिंक ट्यांक सम्मेलनमा  कांग्रेस नेताले भने- ओली ‘अभूतपूर्व प्रधानमन्त्री’

काठमाडौं माघ, ४ –

चीनको सरकारी समाचार एजेन्सी सिन्हृवाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली थिए ।

कार्यक्रमस्थल अन्नपूर्ण होटलमा प्रवेश गरेपछि ओलीलाई कार्यक्रम हलसम्म पुग्न करीव १० मिनेट लाग्यो । कार्यक्रमका प्रमुख अतिथि भएका कारण मात्र होइन, नेपाल र चीनबीच रणनीतिक महत्वको व्यापार तथा पारवहन सम्झौता गरेका कारण ओली ‘थिंक ट्यांक’ सम्मेलनको आकर्षण बनेको सहजै बुझ्न सकिन्थ्यो ।ओलीजन्य स्वभाव अनुसार कार्यक्रमको निर्धारित समयभन्दा करीव आधा घण्टा ढीलो केपी ओली दरबारमार्गस्थित अन्नपूर्ण होटलमा पुगे । उनी त्यहाँ पुग्नुअघि आयोजक संस्थाकी पत्रकार सृष्टि काफ्लेले चार/पाँचपटक केपी ओली घरबाट हिँडेदेखि अन्नपूर्ण होटल प्रवेश गर्दासम्म वीचवीचमा जानकारी दिनुर्‍यो ।

ओलीलाई हिसिला यमीबाहेक अन्य वक्ताहरुले प्रत्यक्ष वा परोक्ष रुपमा उनको प्रधानमन्त्रीत्वकालमा नेपाल-चीन सम्बन्धमा नयाँ उचाइ दिएको र नेपाललाई भारतआश्रति अवस्थाबाट मुक्त गर्न प्रयास थालेको भन्दै धन्यवाद दिए ।

हिसिला यमीले भने आफ्नै पति बाबुराम भट्टराईले नेपाललाई भारत र चीनबीचको गतिशील पुल बनाउनुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरेको श्रेय दिइन् ।संघीय समाजवादी फोरमका नेता डा.शिवजी यादवले संविधान जारी भएलगत्तै नेपालमा उत्पन्न आन्तरिक संकटका बेला चीनको साथ सहयोग लिएको भन्दै ओलीलाई अप्रत्यक्ष रुपमा धन्यवाद दिए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले त ओलीलाई भूतपर्वू होइन ‘अभुतपूर्व प्रधानमन्त्री’को संज्ञा दिँदै उनका पालामा भएको १० बुँदै नेपाल चीन सम्झौतालाई ऐतिहासिक भने । तर, यसको कार्यान्वयनका लागि नेपालमा सबै दल नमिलेसम्म ओलीले गरेको त्यो सम्झौता बेवारिसे हुने उनले बताए ।

ओली सरकारका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले त ओलीको प्रशंसा गर्ने नै भए । कार्यक्रममा ओलीपछि विशिष्ठ अतिथि रहेका थापाले ओली र आफ्नो पालामा नेपाल चीनबीच व्यापार, पारवहन लगायतका विषयमा भएका सम्झौता कार्यान्वयनमा वर्तमान सरकारपछि हटेको आरोप लगाए ।

उनले नेपाललाई भारतवेष्ठित अवस्थाबाट मुक्त गरेर साँच्चिकै भूपरिवेष्ठित मूलकका रुपमा दुबै छिमेकीको समुद्रसम्म पहुँचका लागि ओली प्रधानमन्त्रित्वका पालामा रणनीतिक महत्वको आधार तय भएको बताए । उनले चीनसँग आफूहरुले पारवहन सम्झौता गर्नुको अर्थ भारतसँग दूरी बनाउन खोजेको रुपमा लिन नहुने पनि प्रष्टिकरण दिए ।

थिंक ट्यांक सम्मेलनमा भाग लिन आएका चिनियाँ प्राध्यापक वाङ डोङ हङले ओली प्रधानमन्त्रीत्व कालमा नेपाल र चीनबीच दीर्घकालीनरुपमा अर्थ राख्ने रणनीतिक महत्वका सम्झौता भएको स्मरण गराए ।  उनले भने- ती सम्झौताहरुको कार्यान्वयनको अवस्थाका बारेमा दुबै देशबीच गृहकार्य हुनुपर्छ ।

थिंक ट्यांक सम्मेलनको उद्घाटन गर्ने अवसर पाएका ओली आफैंले भने कार्यक्रममा धेरै बोलेनन् । बरु शिवजी यादव, गुरु घिमिरे, कमल थापाहरुको भाषण उधृत गर्दै आफूले नेपाल चीन सम्बन्धलाई नयाँ उचाई र नयाँ आयाम दिएको सांकेतिक दावी गरे ।

विगतमा नेपाल र चीन सम्बन्धका कार्यक्रमहरुमा पूर्वप्रधानमन्त्रीहरुमध्ये प्रायः कीर्तिनिधी विष्टलाई बोलाइने गथ्र्यो । विष्ट धेरै वृद्ध भएर हो वा ओलीको पछिल्लो छविले गर्दा हो, अचेल नेपाल चीन सम्बन्धका कार्यक्रममा ओलीलाई प्रमुख अथितिका रुपमा निम्त्याउन थालिएको छ ।

आयोजक चिनियाँ समाचार एजेन्सी सिन्हृवाले थिंक ट्यांक सम्मेलनमा ओलीलाई प्रमुख अतिथि बनाएर त्यसको लाक्षणिक पुष्टि गरेको कतिपय निम्तालुहरुको टिप्पणी थियो । थिंक ट्यांक मध्येका एक नेपाली विज्ञ अनुपरञ्जन भट्टराईले नेपाल-चीन सम्बन्धलाई नयाँ आयाम दिएका कारण टंकप्रसाद आचार्य, कीर्तिनिधी विष्टजस्तै ओलीलाई पनि सम्झिइने बताए ।

कार्यक्रमका सहभागीहरुले चीन नेपालको संकटको साथी भएको टिप्पणी गरे । प्रायः सबै वक्ताले गत वर्ष भारतले लगाएको नाकाबन्दीको सांकेतिक स्मरण गर्दै त्योबेला चीनले कहिल्यै नबिर्सने गुण लगाएको समेत बताए ।अनलाइनखवर वाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका