Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान कार्यान्वयनमा विवाद गर्नु दुःखदः उपराष्ट्रपति पुन – Gaule Khabar

संविधान कार्यान्वयनमा विवाद गर्नु दुःखदः उपराष्ट्रपति पुन

संविधान कार्यान्वयनमा विवाद गर्नु दुःखदः उपराष्ट्रपति पुन

पुनम गौतम,
चितवन, मंसिर २८–

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनको सवालमा दलहरुबीच विवाद उत्पन्न हुनु दुःखद रहेको बताउनुभएको छ ।

गैरसरकारी महासंघको २२ औं साधारण सभा तथा राष्ट्रिय नागरिक सम्मेलनलाई आज चितवनमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो । उहाँले सरकार तथा राजनैतिक दलहरु ३ तहको निर्वाचनको तयारीमा जुट्नु पर्ने बेलामा भएका असमझदारी हटाउनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति पुनले राजनीतिक दल र सरकारबीच हाल देखिएका असन्तुष्टी र असमझदारीलाई सवांद, सहमति र सहकार्यको माध्यमबाट हटाउन र एकताबद्ध भएर जुट्न राजनैतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालको आन्तरिक समस्यालाई कसैले समाधान नगरिदिने भन्दै हामी सबै मिलेर समाधान निकाल्नुपर्ने बताउनुभयो ।

nanda-bd-pun-1
राजनैतिक दलहरुले छिट्टै निर्णायक संवाद बढाएर संविद्यान कार्यान्वयनको क्रममा देखिएका असन्तुष्टि असमझदारीलाई कम गर्दै संविधान कार्यान्वयन र निर्वाचनको तयारीमा जुट्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । साथैं उहाँले गैससकर्मी नागरिक अभियान्ताहरुले जसरी विगतमा आपसी समझदारी, असमझदारी बढ्दा समन्वायात्मक भुमिका निर्वाह गर्नुभएको थियो अहिलेको असमझदारीलाई कम गर्दै देशलाई निर्वाचनको दिशामा लैजान पनि समन्वयात्मक भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा उपराष्ट्रपति पुनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको निरीक्षण समेत गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका