Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अदालती झन्झट र ढिलासुस्ती हट्यो ,पात्रो हेर्नुस्, अदालत जानुस् – Gaule Khabar

अदालती झन्झट र ढिलासुस्ती हट्यो ,पात्रो हेर्नुस्, अदालत जानुस्

अदालती झन्झट र ढिलासुस्ती हट्यो ,पात्रो हेर्नुस्, अदालत जानुस्

दिपेन्द्र अधिकारी
चितवन,पुस १३-

अदालतमा मुद्दा परेपछि त्यसको छिनोफानो हुन धेरै समय लाग्छ । जसले गर्दा मुद्दासँग सम्बन्धित व्यक्तिले आफ्नो विविध कामलाई पन्छाएर आफ्नो मुद्दा कहिले, के, कसरी भनेर नियमित अदालत आउजाउँ गर्ने, वकिलहरुसँग परामर्श लिने गर्नुपर्छ । जसले गर्दा समय, पैसा गुमाइरहनु परेको हुन्छ । तर, नेपालमै पहिलोपटक चितवन जिल्ला अदालतले मुद्दाको सम्बन्धित पक्षलाई हैरानी नहोस् भनेर पात्रो (क्यालेण्डर) प्रणाली लागू गरेको छ । सर्वोच्च अदालतको गत हप्ताको परिपत्र लगत्तै चितवन अदालतमा सोमबारबाट क्यालेण्डर प्रणाली लागू गरिएको हो ।

चितवन जिल्ला अदालतमा अब सेवाग्राहीले आफ्नो मुद्दा दर्ता भएको दिन, तारेख पर्चाको साथै मुद्दाको कामकारबाही हुने दिन र मुद्दा फैसला हुने अन्तिम दिन कहिले पर्छ भनी थाहा पाउनका लागि क्यालेण्डर प्रणाली लागू गरिएको चितवन जिल्ला अदालतका जिल्ला न्यायाधीश टेकनारायण कुँवरले जानकारी दिए । विसं २०६८ सालमा भक्तपुर, नवलपरासी र तनहँु जिल्लालाई नमुनाको रुपमा लिई मुद्दा कार्यसम्पादनबारे न्यायाधीशहरु सम्मिलित एक टोलीले अध्ययन प्रतिवेदन प्रस्तुत गरे अनुसार सर्वोच्च अदालतले आफ्नो रणनीतिक योजनामै क्यालेण्डर प्रणाली समावेश गरेको छ ।
यसै प्रणाली अनुसार सेवाग्राहीलाई कुनै पनि किसिमको हैरानी तथा झन्झट नहोस् भन्नका उद्देश्यले क्यालेण्डर प्रणाली प्रभावकारी रुपमा लागू गरिएको जिल्ला न्यायाधीश कुँवरले बताए ।विसं २०६९ सालमा मकवानपुर, ललितपुरलगायतका जिल्ला अदालतमा यस्तो प्रणाली परीक्षणका रुपमा लागू गरिएकोमा थप परिमार्जन आवश्यक ठानी नयाँ सफ्टवेयर तयार पारेर हाल सबै जिल्ला अदालतमा कार्यान्वयनका लागि सर्वोच्चले परिपत्र गरेको हो ।

‘०६९ सालमा म आफैले मकवानपुर जिल्ला अदालतमा विभिन्न ५ प्रकृतिका मुद्दाको क्यालेण्डर बनाएर लागू गरेको थिएँ, जिल्ला न्यायाधीश कुँवरले भने, ‘केही संशोधन आवश्यक ठानी, संशोधन गराइ अहिले पूर्णरुपमा कार्यान्वयन गर्न लागिएको छ ।’

जिल्ला अदालत चितवनका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार गत सोमबारबाट नै चितवनमा क्यालेण्डर प्रणाली लागू गरिसकिएको छ । यसबाट सेवाग्राहीले थुप्रै लाभ लिन सक्ने उनले बताए । चितवन जिल्ला अदालतमा क्यालेण्डर प्रणाली नौलो भए पनि एक वर्षको अवधिमा भिडियो कन्फरेन्स र प्रिट्रायल हेयरिङ (पूर्वसुनुवाइ प्रणाली) निकै प्रभावकारी भइसकेको छ ।

अदालतमा मुद्दाको पक्ष र विपक्ष उपस्थित हुँदा आरोपितका अगाडि साक्षी तथा पीडितले खुलस्त कुरा राख्न नसक्ने अवस्थामा भिडियो कुराकानीबाट समेत बकपत्र लिने गरिएको र यस्तो कार्य निकै प्रभावकारी बन्ने गरेको सूचना अधिकारी बरालले जानकारी दिए । न्यायाधीशले भिडियो कुराकानीमा आधारित भई मुद्दाको कार्यसम्पादन गर्ने गर्छन् ।

त्यस्तै पूर्वसुनुवाई प्रणाली पनि निकै प्रभावकारी बनेको छ । कुनै पनि मुद्दा न्यायाधीश समक्ष कामकारबाहीका लागि पुग्नु अघि नै मुद्दाका पक्ष तथा विपक्षीलाई, मुद्दा प्रक्रियाबारे जानकारी गराउने, पक्षविपक्षलाई एक ठाउँमा राखी दुवै तर्फबाट प्रमाण जुटाउने, सकरात्मक र नकरात्मक परिणामको विश्लेषण गरिने हुँदा पूर्वसुनुवाई प्रणाली प्रभावकारी बनेको सूचना अधिकारी बराल बताउँछन् ।

चितवनपोष्ट दैनिकवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका