Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गृहमन्त्री निधीले भने,वीरगञ्जको व्यापारिक साख जोगाउने दायित्व उद्योगीको हो – Gaule Khabar

गृहमन्त्री निधीले भने,वीरगञ्जको व्यापारिक साख जोगाउने दायित्व उद्योगीको हो

गृहमन्त्री निधीले भने,वीरगञ्जको व्यापारिक साख जोगाउने दायित्व उद्योगीको हो
वीरगंन्ज,माघ ४-
गृहमन्त्री विमलेन्द्र निधीले देशको अर्थतन्त्रसँग जोडिएको दुई नम्बर प्रदेशमा रहेको वीरगञ्जको व्यापारिक साख जोगाउने दायित्व स्थानीय उद्योगीकै भएको बताएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको पदस्थापना कार्यक्रममा गृहमन्त्री निधीले यो धारणा राखेका हुन्।वीरगंजको विकासको लागि नेपाल–भारत सीमाको राजमार्ग सुधार तथा निर्माण, पथलैया–परवानीपुर– ड्राइपोर्ट ६ लेन सडकखण्ड लगायतका पूर्वाधार निर्माणको काम अघि बढिरहेको उनले बताए।

विहार विधानसभाका सांसद डा. सञ्जय जयसवालले दुबै देशको सम्बन्ध अटुट रहेकोले दुबै देशको विकासमा दुबै देशको सहयोग आवश्यक रहेको बताए । रक्सौलबाट दिल्लीको लागि द्रुत रेल सेवा सञ्चालन भएपछि वीरगञ्ज रक्सौलको उद्योग क्षेत्रमा  टेवा पुग्ने उनले दावी गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ओमप्रकाश शर्माले वीरगंज–पथलैया औद्योगिक कोरिडोरलाई सरकारी मान्यता नदिएर राज्यले विभेद गरेको बताए।निजगढ विमानस्थल निर्माण परियोजना र निजगढ काठमाडौ फास्ट ट्रयाक निर्माणमा तीब्रता दिन उनले आग्रह गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका