Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेविसंघले यसरी व्यवस्थापन गर्ने भयो २८ कटेका विद्यार्थी नेता – Gaule Khabar

नेविसंघले यसरी व्यवस्थापन गर्ने भयो २८ कटेका विद्यार्थी नेता

नेविसंघले यसरी व्यवस्थापन गर्ने भयो २८ कटेका विद्यार्थी नेता

काठमाडौं, माघ २१ –

 त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनावमा २८ वर्षे उमेर हदबन्दी कायम भएपछि नेविसंघमा चर्किएको विवाद साम्य भएको छ । २८ वर्ष उमेर कटेका विद्यार्थी नेताहरुलाई पार्टी र भातृ संगठनमा जिम्मेवारी दिने भएपछि विवाद मिलेको हो ।

बिहिबार कांग्रेस पदाधिकारी र नेविंसंघका पदाधिकारी छलफल गरी असन्तुष्ट नेतालाई पार्टी र भातृ संगठनमा उचित जिम्मेवारी दिने सहमति भएपछि आन्दोलन रोकिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले उमेर धेरै भएका विद्यार्थीलाई उचित जिम्मेवारी दिने भन्दै उनीहरुलाई स्ववियु चुनावमा एक नम्बर हुनका लागि होमिन आग्रह गरे ।

पहिले २८ वर्षे उमेर हदबन्दीको बिरोध गरिरहेका कांग्रेस नेता रामचन्द्र पौडेलले उचित जिम्मेवारी दिने निर्णय गर्ने भन्दै चुनावमा लाग्न आग्रह गरे ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघमा २८ वर्षे उमेर हदबन्दीको विषयमा देखिएको असन्तुष्टि हटेको र अब एक भएर चुनावमा होमिने बताए । अध्यक्ष महरले भने, ‘अब हामी शैक्षिक सुधार र संबिधान कार्यान्वयन मुल एजेण्डा बनाएर चुनावमा होमिन्छौं ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका