Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उखु खेतीबाट कृषक विस्थापित हुँदै – Gaule Khabar

उखु खेतीबाट कृषक विस्थापित हुँदै

उखु खेतीबाट कृषक विस्थापित हुँदै

पथरी (मोरङ) ,पुस १० –

मोरङको कदमाहाका गणेश रायको परिचय फेरिएको एक वर्ष भयो । कदमाहाकै अभय ऋषिदेवको पनि दैनिकि बदलिएको एक वर्ष पुग्यो । अहिले ऋषिदेव र रायको दैनिकी बदलिनुका साथै पेसा पनि बदलिएको छ ।

उहाँहरु एक वर्षअघि सम्म आफ्नो परिचय कृषक भनेर दिनुहुन्थ्यो भने अहिले व्यवसायी । कदमाहाका राय मात्रै होइन केही वर्षयता मोरङका धेरै व्यक्ति कृषकबाट व्यापारी र मजदुर भएका छन् । कोही वैदेशिक रोजगारीका लागि कतार, साउदी अरब, ओमान, दुवइ, मलेसिया, बराइन, गएका छन् । कदमाहाका गणेश रायले चार बिघा जग्गा ठेक्का लिएर विगत १० वर्षदेखि उखु लगाउँदै आउनुभएको थियो ।

उहाँले लागतअनुसार उखुको मूल्य नपाएपछि उखु खेती छाड्दै गएको बताउनुभयो । एक वर्ष मिहेनत गरेर उत्पादन गरेको उखुको मूल्य आफ्नो हातमा नहुने उहाँको भनाइ छ । उहाँ मात्र होइन अर्का उखु कृषक अभय भन्नुहुन्छ, “उखु खेती गर्नुभन्दा व्यापार–व्यवसाय गर्नै फाइदा छ ।” मोरङ बबियाविर्ताका बलबहादुर चौधरीले पनि उखु खेतीको क्षेत्रफल घटाउँदै लानुभएको छ । ६ बिघाबाट घटाएर दुई बिघामा झार्नुभएको छ ।

उखु खेतीबाट जीविका नचल्ने देखेपछि चौधरीले छोरा विजयलाई नौ महिनाअघि वैदेशिक रोजगारीमा पठाउनुभयो । उहाँ भन्नुहुन्छ, “लगानी नउठ्ने भएपछि खेती गरेर फाइदा छैन ।” उहाँभन्नु हुन्छ, “उखु समयमा बिक्री नहुँदा तौल घटेर घाटा हुन्छ । यो जिल्लाका बहुसङ्ख्यक कृषक उखुखेतीबाट विस्थापित हुन थालेका छन् । सुनसरीको अमाहीबेल्हास्थित इस्टर्न सुगर मिलले समयमै भुक्तानी नदिँदा कृषक थप निराश बनेका हुन् । इस्टन सुगर मिलका आर्थिक प्रशासन शाखाका प्रमुख राजुमोहन गुप्ताका अनुसार मिलले गत वर्षकै करिब १९ करोड रुपैयाँ कृषकलाई भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरेको छ ।
उखु किसानलाई बैंकको ब्याज, मजदुर, मलखाद, ढुवानी, इन्धनलगायत खर्च जोड्दा कृषकलाई उल्टै घाटा देखिएको छ । कृषक राजन श्रेष्ठ भन्नु हुन्छ, “डुब्नका लागि खेती गर्न सक्ने अवस्था रहेन ।” देवानगन्जका सुरेन्द्र यादव भन्नुहुन्छ, “प्रतिबिघा ८० देखि ९० हजार रुपैयाँसम्म लगानी हुन्छ ।” मिलले गत वर्ष प्रतिक्विन्टल चार सय ६१ रुपैयाँका दरले किसानबाट उखु किनेको थियो । सुनसरी, मोरङ, झपामा गरेर ६ हजारभन्दा बढी कृषक उखु खेतीमा आबद्ध रहेको पूर्वक्षेत्रीय कृषि निर्देशनालयको तथ्याङमा उल्लेख छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका