युवा संघ रुपन्देहीका जिल्ला अध्यक्षको गोली हानी हत्या

युवा संघ रुपन्देहीका जिल्ला अध्यक्षको गोली हानी हत्या

रुपन्देही,पुस ४-

रुपन्देहीको देवदमा गोली प्रहारबाट एमाले सम्बद्ध युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको मृत्यु भएको छ । देवदह नगरपालिका ढेकावारमा मोटरसाइकलमा आएका दुईजनाले अपरान्ह साढे ३ बजेतिर तिवारीलाई गोली प्रहार गरेको प्रहरीलाई उद्यृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।

छातिमा गोली लागेर गम्भीर भएका उनको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको थियो । गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको तर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ