Gaule Khabar
आइतवार, साउन २९, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

सांसद चन्द्र भण्डारीले भने( दुर्गा तिवारीको हत्या राजनीतिक चाल हो, अब उठौं देशको स्वाभिमान आन्दोलनका लागि

  • admin
  • मङ्लबार, पुस ५, २०७३
सांसद चन्द्र भण्डारीले भने( दुर्गा तिवारीको हत्या राजनीतिक चाल हो, अब उठौं देशको स्वाभिमान आन्दोलनका लागि

बुटवल, पुस ५-

युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या सरकार संरक्षित आपराधिक समुहबाट भएको आशंका बढेको छ । संविधान संशोधनको विपक्षमा अगुवाई गर्नेमाथि सरकार संरक्षित समुहले धम्क्याउने र गोली प्रहार गर्ने घटना निरन्तर रहेकाले यो घटना सरकार संरक्षित समुहले गरेको हुन सक्ने शंका बढेको हो ।
घटना लगत्तै प्रहरीले गोली हान्ने समुहको खोजविन भइरहेको वतायो भने त्यसको केही समयपछि गोली हान्ने मनोज लामाले आत्मसमर्पण गरेको जानकारी दियो । तर, लगत्तै प्रहरीले त्यसको खण्डन गरी मनोज रानालाई अपराधिक समुहको नाइकेका रुपमा पहिल्यैदेखि खोजी गरिरहेको भनी सच्यायो । प्रहरीले अर्को शंकास्पद विषय पनि अगाडि सार्यो । उसले तिवारीको हत्या लेनदेन विवादका कारण हुन सक्ने भन्दै आफ्नो बयान सच्यायो र सरकारको नेतृत्व गरेको माओवादी निकटका सञ्चारहरुले श्रृंखलावद्ध रुपमा त्यसलाई प्रसारित गरिरहे ।
यसअघि मंसिर २१ गते पनि भैरहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार भएको थियो । आन्दोलनको अगुवाई गर्नेहरुमाथि भारतबाट समेत धम्कीपूर्ण फोन आउने गरेको ले पनि तिवारीको हत्या संविधान संशोधनमा सघाउने प्रक्रिया अन्तर्गत भएको हुन सक्ने देखिएको छ ।
युवा संघका अध्यक्षको हत्यापछि कांग्रेस सांसद चन्द्र भण्डारीले फेसबुकमा पोष्ट गरेको स्टाटसले पनि घटना राजनीतिक कारणले भएको संकेत गरेको छ । कांग्रेस सांसद भण्डारीले तिवारीको हत्या आन्दोलनसँग जोडिएको ठोकुवा गरेका छन् । उनले जति नै किन्न खोजे पनि नेपाली नझुक्ने वताउँदै स्वाभीमानको आन्दोलनका लागि १० गते १० लाख जनता सडकमा उतारेर बदला लिने पनि जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ