Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सानै उमेरमा कलामा रमाउँदै अजय – Gaule Khabar

सानै उमेरमा कलामा रमाउँदै अजय

सानै उमेरमा कलामा रमाउँदै अजय

रामपुर ९पाल्पा०, मंसिर २४ –

पाल्पाको सहलकोटका अजय सुनार अहिले चित्र कोर्ने कलामा रमाउँदै हुनुहुन्छ । बाल्यकालदेखि नै चित्र कोर्ने कलामा रुचि जगाउँदै आउनुभएका सुनारको कला देख्ने जोकोहीको मन लोभ्याउने गर्दछ ।

उहाँले हातले बनाएको तस्बिर र डिजिटल प्रविधिबाट निर्माण गरिएको तस्बिर छुट्टयाउन गाह्रो परेको सुनारका साथी इमानसिंह रानाले बताउनुभयो ।

रामतुल्सी उच्च माविमा कक्षा ११ मा एजुकेसन साइन्स पढ्दै गर्नुभएका सुनारले विभिन्न क्षेत्रसँग सम्बन्धित, कलाकर्मी, महान् विचारक व्यक्तित्व लगायतका थुप्रै तस्बिर निर्माण गरिसक्नुभएको छ । उहाँको फुर्सदको समय तस्बिर कोर्ने काममा बित्ने गर्दछ ।

उहाँ घरमा प्रयोग गरिने रङ्गरोगन, इनामेल पेन्ट्स ब्रस र कलरका माध्यमबाट चित्र कोर्ने गर्नुहुन्छ । उहाँले निर्माण गर्नुभएका सामान बजारमा बिक्री नहुँदा चिन्तित हुनुहुन्छ । बजारमा डिजिटल प्रविधिका कम्प्युटरबाट विभिन्न तस्बिर सस्तो मूल्यमा पाइने भएकाले घरायसीरुपमा हातले प्रयोग गरिएका सामग्रीले बजार नपाएको उहाँले बताउनुभयो ।

एउटा तस्बिर उहाँले साइजअनुसार आधा घन्टादेखि एक घन्टाको समयमा निर्माण गर्ने गर्नुहुन्छ । एउटा तस्बिर साइजअनुसार पचासदेखि तीनसय रुपैयाँ सम्मको मूल्य पर्ने उहाँले बताउनुभयो । घरमा आफैँले हातले निर्माण गरेका सामग्री मिहेनतअनुसार डिजिटल प्रविधिका कम्प्युटरबाट निकालिएका सामग्रीभन्दा बढी महँगो पर्ने र घरायसी सामग्रीको महत्व कमैले बुझेकाले पनि अवसरलाई प्रस्फुटन गराउने माध्यम नबनेको बताउनुभयो ।

भविष्यमा गएर अवसर पाएको खण्डमा चित्रकार बन्ने उहाँको सोच रहेको छ । कला र सीप हुँदाहँुदै पनि अवसर पाउने वातावरण नहुँदा यस्ता प्रतिभा ओझेलमा परेका छन् । यस्ता प्रतिभाको कदर गर्न नसक्दा सिर्जनाहरु ओइलाएर गएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका