Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रत्ननगर नगरपालिकामा सुविधायुक्त सभाहल निर्माण सुरु – Gaule Khabar

रत्ननगर नगरपालिकामा सुविधायुक्त सभाहल निर्माण सुरु

रत्ननगर नगरपालिकामा सुविधायुक्त सभाहल निर्माण सुरु

चितवन,माघ २०-

चितवनको दोस्रो नगरपालिका रत्ननगर नगरपालिकामा सुविधायुक्त सभाहल निर्माण सुरु भएको छ ।

नगरपालिका बनेको दुई दशकपछि यहाँ सुविधायुक्त सभाहल निर्माण सुरु भएको हो । विसं २०५३ मा स्थापना भएको रत्ननगर नगरपालिका भरतपुरपछि बनेको पहिलो नगरपालिका हो । हाल चितवनमा सात नगरपालिका र एक उपमहानगरपालिका छन् ।

पिएस एण्ड बिरुवा जेभीले पूर्वपश्चिम राजमार्गको रत्ननगर सौराहा जाने बाटो नजिकै भक्तिनी बगैँचामा सभाहल निर्माणको काम थालेको हो ।नगरपालिकाको मापदण्डमा पनि सभाहल भएको क्षेत्रलाई ठूलो मान्यता दिइन्छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवन मातहतबाट साढे दुई वर्षमा निर्माण सक्ने गरी सभाहल निर्माण सुरु भएको कार्यालयका इन्जिनियर अनन्तकुमार देवले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले जग खनेर पिल्लर उठाउने काम सुरु भएको र निर्माणमा तदारुकता दिइएको छ ।रु २० करोडको लागत भएपछि रु १६ करोडको ठेक्का परेर सभाहल निर्माण सुरु गरेको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

अहिले २२ कट्टा जग्गामा ७०० मानिस अट्ने क्षमताको सभाहल बन्न लागेको छ ।सभाहलसँगै यहाँ कभर्डहल र बालउद्यानसमेत बनाइने नगरपालिकाका कार्यकारी अधिकृत गैरेको भनाइ छ ।

अहिले सौराहामा बन्न लागेको सभाहल र यो सभाहलको विषयमा विवाद हुँदै आएको छ । रत्ननगरको सभाहलको नाम पनि ‘सौराहा सभाहल’ नै भएर निर्माण सुरु भएकाले सौरेलीहरुले आफ्नो सभाहल रत्ननगरले लगेको भनेर आरोप लगाउँदै आएका छन् ।

तर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले भने नाम कम्प्युटर प्रिन्टका बेला गल्ती भए पनि यो रत्ननगर सभाहल नै भएको दाबी गर्नुभयो ।सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनका इन्जिनियर अनन्तकुमार देवले अहिले पनि नाम ‘सौराहा सभाहल’ नै भए पनि यो पूर्व स्वीकृत कार्यक्रमअनुसारकै सभाहल भएको बताउनुभयो ।

सौराहामै बन्ने भनेको सभाहलको विषयमा कुनै परीक्षणसमेत नभएको उहाँले बताउनुभयो । नामको विषयमा मन्त्रालयमा छलफल भइरहेको उहाँको भनाइ छ । सौराहामा पनि अर्काे छुट्टै सभाहल बन्ने सहरी विकास मन्त्रालयले आश्वासन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका