पत्रकार पौडेलको पुस्तक विवेचना

पत्रकार पौडेलको पुस्तक विवेचना

चितवन, पुस ४–
थाइल्याण्डमा सम्पन्न नारायणी टू डे मासिक पत्रिकाको १७ औं वार्षिकोत्सव समारोहको समीक्षा तथा पत्रकार वीरेन्द्रमणी पौडेलद्धारा लिखित लेख संग्रहको सोमबार एक कार्यक्रम गरी विवेचना गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, पे्रस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, भ्रमण टोलिका सदस्य नेपाल रेडक्रस सोसाइटी व्लड बैंकका टेक्नोलोजिष्ट मिलन सुवेदी, इन्जिनियर विराट घिमिरे, नारायणी टू डे पत्रिकाका सल्लाहकार बाबुराम पाण्डे, साहित्यकार डि.आर पोखरेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा चितवन प्रहरी प्रमुख एसपी दिपक थापा, दि फेमश महेन्द्र दल गण भरतपुरका गणपति सुरेन्द्र सापकोटा, चितवन ट्राफिक प्रहरी प्रमुख राजन भेटवाल, नेपाल रेडक्रस सोसाइटीका उप महामन्त्री हरि न्यौपानेलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सो अवसरमा थाइल्याण्ड भ्रमण टोलिका सदस्यद्धय पत्रकार दिपक आचार्य र सुरेशचन्द्र अधिकारीले भ्रमण अनुभव बताएका थिए । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रम नारायणी टू डे मासिकका प्रधान सम्पादक वीरेन्द्रमणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ