Gaule Khabar
मङ्लबार, मंसिर २०, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

तरकारी जोनबाट किसानलाई ७ करोड बढी अनुदान

  • admin
  • आइतवार, पुस ३, २०७३
[sharethis-inline-buttons]
तरकारी जोनबाट किसानलाई ७ करोड बढी अनुदान

सुमन गैरे,
चितवन, पुस ३–

प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना चितवनमा पनि संचालन हुने भएको छ । परियोजना कार्यन्वयन इकाई (तरकारी जोन) को कार्यालय नै चितवनमा खडा गरी दश वर्षीय परियोजना संचालन गर्न लागिएको हो ।
यस परियोजना अन्र्तगत चितवनमा पकेट, ब्लक कार्यक्रम र तरकारी जोन गरी तीन तहबाट कृषिमा आधुनिकरण गर्दै लैजाने योजना रहेको परियोजना ईकाईका वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेले बताएका छन् । यो परियोजना संचालन गर्नको लागि आर्थिक वर्ष ०७३।०७४ का लागि ७ ७७ हजार कुल बजेट रहेकोमा ७ करोड १३ लाख ४ हजार कृषकलाई दिइने अनुदान रहेको पनि बरिष्ठ कृषि अधिकृत घिमिरेले जानकारी दिएको चित्रवन सन्देश साप्ताहिकमा खबर छ ।
जिल्ला कृषि विकास कार्यालयले संचालन गरेका साना व्यवसायिक किसान समूह (पकेट) कार्यक्रमको लागि २ करोड ६ लाख ४० हजार रुपैँया अनुदान विनियोजन गरिएको छ । यस अन्र्तगत ७० वटा पकेट वटा क्षेत्र बनाई विभिन्न बालिहरुलाई समेटिएको छ । ब्लक कर्याक्रम अन्र्तगत माछा र धान खेती रहेको छन् । धानखेतीको लागि ५५ लाख ५० हजार र व्यवसायिक माछा पालनका लागि ३ करोड ७६ लाख ९४ हजार अनुदान दिइने बरिष्ठ अधिकृत घिमिरेले जनाएका छन्् । तरकारी खेतीका लागि ६२ लाख ५० हजार अनुदान दिइनेछ ।
त्यसैगरी माछाको प्रसोधन तथा प्रर्वद्धन केन्द्रका २० लाख धान प्रसोधन गर्न १५ लाख कृषि प्राविधिक शिक्षालय अनुदानमा ५ लाख प्रविधि विस्तारमा ४ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको तरकारी जोनले जानकारी दिएको छ ।
एकसय हेक्टर क्षेत्रफमा जलासय निर्माण गरिने योजना रहेको छ ।यी जलासयहरु माडी र जंगली जनावर प्रभावित क्षेत्रमा गरिने बताइएको छ । प्रति हेक्टर जलासय निर्माणमा ३ लाख अनुदान दिइने लागतको ५० प्रतिशत किसानले व्यहोर्नुपर्ने सो कार्यालयले जनाएको छ ।
यसैबीच परियोजना कार्यन्वयन ईकाईले गत विहिबार भरतपुरमा अभिमुखिकरण कार्यक्रम संचालन गरेको थियो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा राजनितिक दल,सरोकारवाला सरकारी निकाय विषयगत व्यवसायी संघ,समूह,सहकारी कृषि उधमी,संचारकर्मीको सहभागीता रहेको थियो ।
सो परियोजनाले एक बर्षमा गहुँ र तरकारीमा आत्मनिर्भरता,२ वर्षमा धान र आलु ३ वर्षमा मकै र माछा ४ वर्षमा केरा,मेवा,लिचि, १० वर्षभित्र लिचि,स्याउ,सुन्तला जुनार र आपँमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ