Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भरतपुर महोत्सवमा हेमन्तले उफारे दर्शक..(फोटोफिचर) – Gaule Khabar

भरतपुर महोत्सवमा हेमन्तले उफारे दर्शक..(फोटोफिचर)

भरतपुर महोत्सवमा हेमन्तले उफारे दर्शक..(फोटोफिचर)

चितवन, मंसिर २६–

जब साँझ ढल्दै थियो तब भरतपुरको माहोल तात्दै गईरहेको थियो । सिर सिर चिसो हावा चलिरहेको बेला ‘भरतपुर महोत्सव’मा भने माहोल निकै तात्दै गईरहेको थियो । कार्यक्रम प्रस्तोताले हरेक पल्ट चर्चित गायक हेमन्त शर्माको नाम लिने बित्तिकै दर्शकहरु चर्को हुटिङमा हुन्थे । जब स्टेजमा गायक हेमन्त चढे तब झुमिए चितवने दर्शक ।

गायक हेमन्तले ‘छोयो छोयो मायाले……’ बोलको गीत गाउँदा दर्शकहरु मायामा डुबे । उनले दर्शकलाई मायाको सपना मात्रै देखाएनन् मैदानमा जुरुक्क जुरुक्क उफारे पनि । उनले ‘मुल होउ भने रसाई देउँ..’, ‘गुडेको रेल पनि रोक दिन्छु मैले त..’, ‘थाप न थाप हातैमा…’ र पछिल्लो समयको चर्चित गीत ‘जमिन मुनि बदाम फल्यो..’ बोलको गीत गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । गायक शर्माले गाउँदा गायक रामजी खाँण र हास्य कलाकार कमल गाउँले नाचेर साथ दिए । माहोल झनै रमाईलो बन्यो ।

hemanta-5
महोत्सवमा लोकदोहोरीका चर्चित गायक रामजी खाँणले ‘जिम्बल बा कि छोरी..’लगायतका चर्चित गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाए । यस्तै हास्य कलाकार कमल गाउँलेले भने गीतका शब्दहरुले दिने अनेक अर्थ लगाएर दर्शकहरुलाई मनोरञ्जन दिलाए ।

यसअघि महोत्सवमा एक खुट्टाले नृत्य पस्किने रोमा न्यौपानेले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाईन् । नेपाली र हिन्दी रिमिक्स गीतमा एक खुट्टाबाटै आकर्षक नृत्य देखाईन् । उनको नृत्यप्रति दर्शकहरु निकै मोहित बनेका थिए ।

युवा समाज भरतपुरको आयोजनामा जारी महोत्सव आज पाँचौ दिन हो । मंसिर २२ गतेदेखी सुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ ।

hemanta-3

hemanta-7

hemanta-10

hemanta-13

hemanta-14

hemanta-15

hemanta-16

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका