Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कँडेलको निधनले पार्टीलाई क्षतिः महासचिव पोखरेल – Gaule Khabar

कँडेलको निधनले पार्टीलाई क्षतिः महासचिव पोखरेल

कँडेलको निधनले पार्टीलाई क्षतिः महासचिव पोखरेल

चितवन, मंसिर २९–

स्वर्गीय दयाराम कँडेललको १० औ पुण्य तिथिको अवसर पारेर बुधबार श्रद्धाञ्जली सभा गरिएको छ ।

नेकपा एमाले चितवन जिल्ला कमिटी, क्षेत्रीय कमिटी, राप्ती नगर कमिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल प्रमुख अतिथि रहनु भएको थियो । कँडेलको मंसिर २० गते निधन भएको थियो । कार्यक्रममा बोल्दै महासचिव पोखरेलले कँडेलले पार्टीमा पुर्याएको योगदानको चर्चा गरेका थिए । उनले उनको निधनले पार्टीमा क्षति समेत पुगेको बताए । सोही कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष एवंम् क्षेत्र नं ३ का साँसद कृष्णभक्त पोखरेल, सचिव पार्बती रावल लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए । बि.स १९८६ साल बैशाख २३ गते जन्मेका स्बर्गिय दयारा कङेलले आफ्नो जिबनको महत्वपुर्ण समयहरु नेकपा एमालेमा अबिश्मरणय कामहरु गरेर बिताएका थिए । उहाका ३ छोराहरु छन् ।

कार्यक्रमा केन्दिय बैकल्पिक सदस्य एब चितवन जिल्ला ईन्चार्ज कृष्ण खनाल, जिल्ला कमिटी सदस्य एक क्षेत्रीय इञ्चार्ज इमान सिह लामा, जिल्ला कमिटी सचिबाल्य सदस्य घनश्माय कङेल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियनका केन्द्रिय निर्वाचन आयोगका सदस्य स्बरुप सुयाललगायतको उपस्थिति थियो । कार्यक्रम क्षेत्रीय सभापति भरत भण्डारीको अध्यक्षातामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका