Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशनको तयारी पुरा,भोली प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने – Gaule Khabar

आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशनको तयारी पुरा,भोली प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

आदिवासी जनजाति महासंघको नवौं केन्द्रीय महाधिवेशनको तयारी पुरा,भोली प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

सन्तकुमार चौधरी 
चितवन,पुस १-

नेपाल आदिवासी जनजाति महासंघको चितवनमा आयोजना हुन लागेको नवौं केन्द्रीय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनको उद्घाटनसत्रदेखि बन्द सत्रका आवश्यक सम्पूर्ण पूर्व तयारी पूरा भएको महासंघले शुक्रवार नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महासंघका अध्यक्ष नगेन्द्र कुमालका अनुसार उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सबै राजनीतिक दलका शीर्षनेताहरु भोली चितवन आउदैछन् ।

प्रधानमन्त्री दाहाल आउने पक्का पक्की भएपनि अन्य दलका शीर्ष नेताहरु पनि कार्यक्रममा सहभागी हुने बचन दिएका छन् –पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष कुमालले भन्नुभयो । महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापन देखि उद्घाटन पूर्व निकालिने ¥यालीको तयारीपनि पुरा भएको आयोजकले जनाएको छ । नारायणी नदी किनार परिसरमा जम्मा भएर विभिन्न जातिय झांकी सहितको ¥याली पुलचोक हुदै शहिदचोक, लायन्सचोक भएर वीरेन्द्र क्याम्पस पुग्ने छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष पदम गुरुङका अनुसार ¥यालीका लागि चितवन सहित छिमेकी जिल्ला मकवानपुर र नवलपरासीबाट समेत आदिवासी जनजाति समुदायहरु आउनेछन् । चितवनको गाउ गाउबाट भेषभुषा सहित आदिवासी जनजातिहरु ¥यालीमा सहभागी हुदैछन् । अध्यक्ष गुरुङका अनुसार चितवनमा मात्रै झण्डै एकसयवटा यात्रुबाहक वसहरु ¥यालीमा सहभागीता जनाउन आउनेहरुका लागि परिचालन गर्ने तयारी गरिएको छ ।

महाधिवेशनमा सहभागीता जनाउन आउने आगन्तुक पाहुनाहरुका लागि नारायणगढको पोखराबस पार्क क्षेत्रका होटलहरु बुकिङ गरिएको छ । आवाश व्यवस्थापन देखि सुरक्षाको व्यवस्थापन समेत पुरा भएको जनजाति महासंघका महासचिव पेम्वा भोटेले जानकारी दिनुभयो । उहाका अनुसार यो पटक २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातिय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु महाधिवेशनमा सहभागी हुदैछन् ।

वीरेन्द्र वहुमुखी क्याम्पसको परिसरमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने नारायणगढकै नारायणी कला मन्दीरमा आयोजना गरिने महासंघका उपाध्यक्ष एवम प्रचार प्रशार समितिका संयोजक डन्डु शेर्पाले जानकारी दिनुभयो । यो पटकको महाधिवेशनले महासंघको विधान संशोधन सँगै तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

यसअघिको विधानमा १३ सदस्यीय सचिवालय सदस्य रहने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर संघीयताकै खाकामा १९ सदस्यीय बनाउने तयारी भएको महासंघले जनाएको छ । पौष २ गतेदेखि पौष ४ गते सम्म चितवनमा महाधिवेशन चल्नेछ । महाधिवेशनमा महासंघको विद्यान संशोधन सँगै महासंघको भावि योजना र जनजाति आन्दोलनका उपलव्धीको विषयमा समेत छलफल हुने छ । छलफलबाट निस्कीएको निश्कर्षपछि चितवन घोषणा पत्र जारी गर्दै महाधिवेशन सकिनेछ । पत्रकार सम्मेलन आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) चितवनका अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो ।

janjati-mahasangh-jpg2

अध्यक्ष पदका आकांक्षी को को ?

यसपटक चितवनमा आयोजना हुन लागेको नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनबाट अध्यक्षपदका लागि तीनजनाले उमेद्वारी दिने चर्चा चलेको छ । किरात राई समुदायवाट सर्बधन राईले उमेदवारी दिने चर्चा छ भने, भुजेल समुदायवाट सुर्यवहादुर भुजेलले उमेदवारी दिने चर्चा छ ।

यस्तै नित्यानन्द ताजपुरियाले पनि यो पटक अध्यक्ष पदका लागि उमेदवारी दिने चर्चा छ । उहाँ ताजपुरिया समाजकल्याण परिषद नेपालबाट महासंघको अध्यक्षमा उमेदवारी दिने तयारी गर्नुभएको छ ।  सकभर सहमतिमा नयाँ नेतृत्व चयन गर्ने आन्तरिक तयारी भइरहेको जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमालले जानकारी दिनुभयो ।

janjati-mahasangh

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका