Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
इन्धनको मूल्य घटेपछि सस्तियो भाडा,भरतपुर–काठमाडौँको भाडा एक सय पाँच रुपैयांले घट्यो – Gaule Khabar

इन्धनको मूल्य घटेपछि सस्तियो भाडा,भरतपुर–काठमाडौँको भाडा एक सय पाँच रुपैयांले घट्यो

इन्धनको मूल्य घटेपछि सस्तियो भाडा,भरतपुर–काठमाडौँको भाडा एक सय पाँच रुपैयांले घट्यो

चितवन,मंसिर २२-

हवाई इन्धनमा प्रतिलिटर रु आठले कमी आएपछि विभिन्न गन्तव्यमा आन्तरिक उडानको हवाई भाडादर समायोजन गरिएको छ ।बुधबारदेखि लागू हुने गरी गरिएको समायोजनअनुसार नयाँ हवाई भाडामा न्यूनतम ३५ रुपैयाँदेखि ३ सय १० रुपैयाँ सम्म घटाएको हवाई सेवा सञ्चालक एसोसिएसनले जनाएको छ ।

काठमाडौँ–माउन्टेन उडानको भाडामा ३ सय रुपैयाँले घटेको छ। एसोसिएसनका अनुसार काठमाडौँ–भरतपुरको भाडामा एक सय पाँच रुपैयाँले घटेको छ। काठमाडौँ–पोखराको भाडामा १ सय ३५ रुपैयाँ, काठमाडौँ–विराटनगरको भाडामा १ सय ८५ रुपैयाँ, काठमाडौँ–जनकपुरको भाडामा  १ सय २० रुपैयाँ र काठमाडौँ–भैरहवाको भाडामा १ सय ६५रुपैयाँले घटेको एसोसिएसनले जनाएको छ।

एसोसिएसनका अनुसार काठमाडौँ–धनगढी ३ सय १० रुपैयाँ, काठमाडौँ–नेपालगञ्ज २ सय ३५ रुपैयाँ, काठमाडौँ–भद्रपुर २ सय २० रुपैयाँ, काठमाडौँ–तुम्लीङ्टार १ सय ६५ रुपैयाँ, काठमाडौँ–सिमरा ९० रुपैयाँ र विराटनगर–तुम्लिङ्टारको एक सय रुपैयाँ  भाडा घटेको छ।

आन्तरिक उडानतर्फ नै सबैभन्दा कम ३५ रुपैयाँले  डोटी–साँफेबगरको भाडा घटेको छ। पोखरा–जोमसोम ६५ रुपैयाँ र काठमाडौँ–लुक्ला १ सय १० रुपैयाँले भाडामा घटेको एसोसिएसनले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका