Gaule Khabar
आइतवार, साउन २२, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

पातो खुला दिसामुक्त एवम् पूर्ण खोप घोषित

  • admin
  • मङ्लबार, मंसिर २८, २०७३
पातो खुला दिसामुक्त एवम् पूर्ण खोप घोषित

सप्तरी,मंसिर २८ –

खुला दिसामुक्त अभियान अन्तर्गत पातो गाविसलाई ३२ आँै खुला दिसामुक्त तथा पूर्ण खोप गाविसका रुपमा आज घोषणा गरिएको छ ।

स्थानीय सबल नेपालको सहजीकरण तथा जिएसएफ एवम् ‘युएन ह्याविटाट’को आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा सो घोषणा गरिएको हो । गाविस सचिव विनोद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद ताराकान्त चौधरीको पनि उपस्थिति थियो ।

सन् २०१६ भित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहे पनि पछिल्लो चरणमा भएको लामो मधेस आन्दोलनका कारण यो अभियान प्रभावित भएकोले गर्दा लक्ष्य पूरा हुन नसकेको बताइएको छ ।
त्यहाँ ७१ प्रतिशत जनताको पहुँचमा सरसफाइ भएको डिवासिसीको तथ्याङ्कले देखाएको छ । नेपाल सरकारको सन् २०१७ भित्रै नेपाललाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ