आर्थिक एजेण्डामा बहस गर्नुपर्छ : पत्रकार धमला

आर्थिक एजेण्डामा बहस गर्नुपर्छ : पत्रकार धमला

पोखरा, पुस २–

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले अब राजनीतिक मुद्दामा भन्दापनि आर्थिक समृद्धिको लागि काम गर्ने बेला आएको भन्दै त्यसको लागि आफूले देशव्यापी रुपमा विकासको अभियान अघि बढाउने उद्धघोष गरेका छन् ।
शनिबार पोखराको शान्तिवाटिकामा धादिङ्–पोखरा सम्पर्क समाजको नयाँ कार्यसमितिलाई शुभकामना दिन, समाजले आयोजना गरेको वनभोज कार्यक्रम, समाजको लागि एम्बुलेन्स व्यवस्था गर्नको लागि आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार ऋषि धमलाले यस्तो बताएका हुन् ।
उनले भने,‘अब देशलाई आर्थिक समृद्धिको एजेण्डामा अघि बढाउनुपर्छ, नेपालमा राजनीतिक एजेण्डामा धेरै छलफल तथा बहस भए, त्यसैले मुलुकलाई समृद्धिको बाटोमा डोर्याउनको लागि ढिला भैसक्यो, म देशव्यापी रुपमा आर्थिक समृद्धिको ’
धादिङ् जिल्ला जन्मथलो भएर कर्मथलो पोखरा बनाएका व्यक्तिहरुले गठन गरेको समाजले विभिन्न सामाजिक, आर्थिक तथा विकासका कार्यक्रमहरु गर्दै आएको छ । करिव ४० हजार धादिङ्वासीहरु पोखरा बस्छन् ।
समाजको निर्वतमान समितिको विदाई, एम्बुलेन्स खरिद अभियान र वनभोज कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पत्रकार धमलाले नेपाल सबै हिसावले सम्पन्न मुलुक भएकोले यसको सर्वाङ्नि विकासको लागि सबैले आ–आफ्नो ठाउँमा टेवा पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपस्थित विभिन्न तह र तप्काका व्यक्तिहरुले पत्रकार धमलाको खुलेरै प्रशंसा गरेका थिए ।
कार्यक्रममा समाजका निर्वाचित अध्यक्ष युवराज खतिवडाले पनि आफ्नो धारणा राखेका थिए । उनले समाजलाई सामाजिक, आर्थिक र सेवामा समर्पित गराउनको लागि पूरै नेतृत्व नै लागिपर्ने विश्वास दिलए ।
त्यस्तै कार्यक्रममा अन्तर समाज महासंघका राष्ट्रिय अध्यक्ष दिपेन्द्र राईले देशका ठूला पार्टीदेखि सबैलाई मिलाएर लैजान सक्ने व्यक्ति नै पत्रकार धमला भएको भन्दै आगामी दिनमा पनि आफूलाई यस भुमिकामा खरो उतार्न सुझाव दिए ।
कार्यक्रममा धादिङ काँग्रेसका सचिव विनोद तिमिल्सिना, माओवादी केन्द्र धादिङ्का सचिव मनराज भण्डारी ‘शैलेश’, नयाँ शक्तिका केन्द्रिय सदस्य रिम बस्याल, पत्रकार महासंघका सदस्य तथा प्रेस सेन्टर नेपालका अध्यक्ष रुद्र भट्ट लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा कलाकारहरुले रोचक प्रस्तुति दिएका थिए । धादिंङको खाल्टेको बाजा कार्यक्रम थियो ।
समाजका सल्लाहकार रामकृष्ण दवाडी, पोखरामा क्रियाशिल केदार धमला, नवराज तिमिल्सिना र रामप्रसाद अधिकारीले पनि आफ्ना धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ