Gaule Khabar
मङ्लबार, मंसिर २०, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

कञ्चनपुर ‘जोन’मा छनोट

  • admin
  • मङ्लबार, मंसिर २८, २०७३
[sharethis-inline-buttons]
कञ्चनपुर ‘जोन’मा छनोट

कञ्चनपुर, मंसिर २८ –

धान खेतीका लागि कञ्चनपुर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘जोन’मा छनोट भएको छ ।

परियोजनाअन्तर्गत धान खेतीका लागि हावापानी, माटोको उर्वराशक्ति, सिँचाइको अवस्थाका आधारमा जिल्लाका पुनर्वास, बेदकोट र भीमदत्त नगरपालिकालाई जोनमा छनोट गरिएको हो ।
जोनअन्तर्गत परेका क्षेत्रको पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिने कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । परियोजनाअन्तर्गत बेदकोट र भीमदत्त नगरपालिकालाई माछा र धान खेतीका लागि ब्लकमा छनोट गरिएको छ । ब्लकअन्तर्गत एक सय हेक्टर क्षेत्रफलमा माछापालन र धान खेती गरिने छ ।

जोन र ब्लक छनोट गरिएका बाहेकका क्षेत्रमा दश हेक्टर क्षेत्रफलमा ४५ वटा पकेट क्षेत्र निर्धारण गरी किसानको प्रस्तावका आधारमा खेती र तरकारी बालीको छनोट गरिने अधिकृत जोशीले बताउनुभयो । कार्यविधि र निर्देशिका आएपछि परियोजना सञ्चालन गरिनेछ ।

दीर्घकालीन रुपमा सञ्चालन हुने परियोजनामा कृषिको उत्पादन, यान्त्रीकरण, बजारीकरण, सिँचाइ, प्रशोधन, कृषि शिक्षा, रोग, किरा नियन्त्रणलगायतलाई प्राथमिकतामा राखिएको छ । परियोजनाअन्तर्गत जिल्लाका लागि रु छ करोड बजेटको व्यवस्था गरिएको छ । – रासस

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ