Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दस वर्षदेखि फरार अपराधी प्रहरीको पञ्जामा – Gaule Khabar

दस वर्षदेखि फरार अपराधी प्रहरीको पञ्जामा

दस वर्षदेखि फरार अपराधी प्रहरीको पञ्जामा

मंनाक्षी चौधरी,

बारा, मंसिर २८–

विगत दस वर्ष देखि फरार रहेका एक अपराधीलाई बारा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बारा जिल्लाका गाविस दहियार वडा नम्बर ७ बस्ने २७ वर्षको दिनेश भन्ने सावन जैसवालले २०६३ पौष ११ गते मनकामना तेल उद्योगमा कार्यरत रहेका एक ट्रक चालकलाई कर्तब्य गरि फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खगेन्द्र धमलाले दिएको जानकारी अनुसार मनकामना तेल उद्योगमा कार्यरत रहेका ना.१ ख. ७६७५ नम्बरको ट्रक चालक अजय भन्ने अवध प्रसाद कुर्मीलाई कर्तव्य गरी फरार रहेका अपधारी जैसवाललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
दिनेश भन्ने सावन जयसवालले जिल्ला बाराकै गाविस बहुअरी वडा नम्बर ६ गण्डक स्थित मनकामना तेल उद्योगमा ट्रक चालक रहेका पर्सा जिल्लाका गाविस मुडली वडा नम्बर ३ घर भई विरगंज उप महानगरपालिका वडा नम्बर१७ बस्ने ५० वर्षको अजय भन्ने अवध प्रसाद कुर्मीलाई मारी फमारी फरार भएका थिए ।
साथै अपराधी जैसवालको विरूद्वमा चालका श्रीमती परमा देवी कुर्मीनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।
मनकामना तेल उद्योगको कम्पाउण्ड भित्र सोही उद्योगको सामान आयात निर्यात गर्ने ट्रक चालक कुर्मिलाई अभियुक्त जैसवालले टाउकोमा रडले प्रहार गरी कर्तब्य गरी मारी, मृतकको साथमा रहेको नगद नौ लाख २० हजार समेत लुटी फरार रहेका थिए ।

त्यसैगरी ट्रक चाकललाई मारी पाँच लाख ६० हजार नगद सहित मुम्बई शहरको पनवेल पुलिस स्टेशनमा पक्राउ परी ३ महिना जेल जीवन बिताईएका ईन्टरपोलबाट खुल्न आएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
साथै अभियुक्त जैसवाल नेपाल फर्कि तराई जनतान्त्रिक मुक्ति मोर्चामा कार्यरत रही विभिन्न लुटपाट तथा चोरी कार्यमा संलग्नता रही जिल्ला प्रहरी कार्यालय रौतहटबाट डाँका मुद्दामा पक्राउ परि १४ महिना जेल बसेका थिए ।
हाल आएर अपराधिले आफ्नो अपराध लुकाउनको लागि काठमाण्डौ तथा पोखरा स्थित वडा एरियामा पेन्टिङ्ग काम गर्दै लुकिछिपी बस्दै आएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीसँग संमन्वय गरी अपराधी जैसवाललाई पोखराबाट पक्राउ गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका