एभरेष्ट भ्यू ट्रेल ग्लोबल म्याराथन मार्ग तयार गर्ने काम सूरु

एभरेष्ट भ्यू ट्रेल ग्लोबल म्याराथन मार्ग तयार गर्ने काम सूरु

सोलुखुम्बु । एभरेष्ट भ्यू ट्रेल ग्लोबल म्याराथन मार्ग फाइनल गर्ने काम सूरु भएको छ ।
आज माप्यदूधकोशी गाँउपालिका ५ स्थित सेलगुडी डाँडामा एक कार्यक्रमका बीच माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्विकिरण राई उपाध्यक्ष गौरब राई अल्ट्रा धाबिका मिरा राई र तेन्जी शेर्पाले संयुक्त रुपमा एभरेष्ट भ्यू ट्रेल ग्लोबल म्याराथन मार्गको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले एभरेष्ट भ्यू ट्रेल ग्लोबल म्याराथन चैत्र महिनामा आयोजना गर्ने बताए । पर्यटन र खेलकुदको माध्यमबाट आर्थिक समृद्धीको लक्ष्य गाउँपालिकाले राखेको सोही अनुसार पर्यटन लक्षित विभिन्न कार्यक्रम अन्तर्गत एभरेष्ट भ्यू ट्रेल ग्लोबल म्याराथनको आयोजना गर्ने अध्यक्ष राईले बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै माप्य दुधकोशी गाँउपालिका उपाध्यक्ष गौरब राईले खेलकुदको क्षेत्रमा माप्यदुधकोशी गाँउपालिकालाई नयाँ ठाँउमा पुर्‍याउन चाहेको बताए । वहाँले ,आफुहरुको यो सपनालाई साकार पार्न सबैको साथ आबश्यक रहेको बताए ।
अल्ट्रा धाबिका मिरा राईले बिश्वको शिखर सगरमाथाको काखमा रहेको सोलुखुम्बुमा आएर एभरेष्ट भ्यू ट्रेल रेसको रुट अध्ययनमा जोडिन पाँउदा आफुलाई गर्ब लागेको बताए । वहाँले पहिले आफु मात्रै दौडेको भएपनि आगामी दिनमा गाँउघरमा लुकेर बसेका तर दौडमा इच्छा भएकाहरुको खोजी गर्ने बताए । साथै यस एभरेष्ट भ्यू ट्रेल रेसलाई सफल पार्नका लागि आफुले महत्वपुर्ण भूमिका खेल्ने समेत प्रतिबद्धता व्यक्ति गरे ।
कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका नि प्रशासकिय प्रमुख जितेन्द्र यादब, माप्य दुधकोशी गाउँपालिकाका विबिन्न विधालयका प्रधानाध्यापक, स्थानिय सरोकारवाला हरुको बाक्लो उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका