Gaule Khabar
मङ्लबार, मंसिर २०, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

एमालेको सदस्यता लिन चितवनमा २ सय कार्यकर्ताले दिए परिक्षा,सवै भए उत्तिर्ण

  • admin
  • आइतवार, मंसिर २६, २०७३
[sharethis-inline-buttons]
एमालेको सदस्यता लिन चितवनमा २ सय कार्यकर्ताले दिए परिक्षा,सवै भए उत्तिर्ण

चितवन,मंसिर २६-

नेकपा एमालेको सदस्यता लिन चितवनमा करिव २ सय कार्यकर्ताले परिक्षा दिएका छन् ।परिक्षामा उनिहरु सवै उत्तिर्ण भएका छन् । ६० पुर्णाङकको १५ वटा बस्तुगत प्रश्न परिक्षामा सोधिएको थियो ।

आधा धन्टा समय अवधी तोकिएको परिक्षामा ४० प्रतिशत अंक ल्याउने उत्तिर्ण भएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोख्रेलले जानाकारी दिनुभयो । परिक्षामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना,पार्टीवाट अहिले सम्म भएका प्रधानमन्त्रि,संविधान संसोधन लगाएतका विषयमा प्रश्न सोधिएको पोख्रलेले वताउनु भयो ।भोलीदेखी लगातार नगरपालिका र गांउपालिकामा परिक्षा संचालन गरिने उहांले वताउनु भयो ।पार्टीले सदस्यता वितरणमा लिएको परिक्षाप्रति चौतर्फी प्रसंसा भएको पोख्रेलको भनाई छ ।

पार्टी सदस्यता वितरणको लागि पहिलो पटक एमालेले चितवनमा लिखित परिक्षा प्रणाली अवलम्वन गरेको हो ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ