Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रिय ज्यापू दिवस मङ्सिर २८मा – Gaule Khabar

राष्ट्रिय ज्यापू दिवस मङ्सिर २८मा

राष्ट्रिय ज्यापू दिवस मङ्सिर २८मा

काठमाडौँ, मंसिर १९– ज्यापू संस्कृति विकास कोषले यही मङ्सिर २८ गते तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ ।

कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उहाँकै निवास लाजिम्पाटमा भेटी ज्यापू दिवसका दिन वसन्तपुरमा हुने कार्यक्रममा प्रमुख आतिथ्य ग्रहणका लागि निमन्त्रणा गरेको छ । अध्यक्ष सिंहले ज्यापू संस्कृति बचाइराख्नका लागि आर्थिक सहयोग गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

दाहाल निवास लाजिम्पाटमा आज बिहान बाजागाजासहित पुगेको कोषको टोलीले प्रधानमन्त्रीलाई नेवारी परम्परानुसार किसली ९माटाको पालामा चामल, सुपारी, र चाँदीको सिक्का० समेत राखी कार्यक्रममा प्रमुख अतिथि बन्न निमन्त्रणा दिएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले यहाँका कला–संस्कृति बचाइराख्न आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

हरेक वर्ष योमरी पूर्णिमा ९यस वर्ष मङ्सिर २८ गते०का दिन काठमाडौँका विभिन्न टोलबाट बाजागाजासहितका सांस्कृतिक पदयात्राका टोलीले नगर परिक्रमा गरी वसन्तपुरमा कार्यक्रम गर्दै आइरहेको कोषका सचिव सन्तकृष्ण महर्जनले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका