Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गृहमन्त्री निधीले भने–“संविधान संशोधन हुन्छ हुन्छ हुन्छ…” – Gaule Khabar

गृहमन्त्री निधीले भने–“संविधान संशोधन हुन्छ हुन्छ हुन्छ…”

गृहमन्त्री निधीले भने–“संविधान संशोधन हुन्छ हुन्छ हुन्छ…”

चितवन, मंसिर २२–

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले संविधान संधोन गराएरै छाड्ने दावी गर्नुभएको छ ।

प्रेस युनियन चितवनले आज (बुधबार) विहान गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री निधीले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनका लागि संविधान संशोधन आवश्यक भएकाले संविधान संशोधन हुने दावी गर्नुभयो । बिरोधका बाबजुद संविधान संशोधन कसरी हुन्छ ? भन्ने पत्रकार प्रश्नमा मन्त्री निधीले भन्नुभयो–“संविधान संशोधन हुन्छ हुन्छ हुन्छ..” ।

मन्त्री निधीले नेकपा एमाले पनि संविधान संशोधनमा पक्षमा अन्तिम समयमा उभिने दावी गर्नुभयो । उहाँले संविधान संशोधनमा केही परिमार्जन गर्न सकिने संकेत गर्दै मधेसी मोर्चा पनि सहमतीमा आई सकेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका