Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पवित्र लक्ष्मणघाट क्षेत्र दुर्गन्धित – Gaule Khabar

पवित्र लक्ष्मणघाट क्षेत्र दुर्गन्धित

पवित्र लक्ष्मणघाट क्षेत्र दुर्गन्धित

बुटवलमाघ ११-

कपिलवस्तुको वाणगङ्गा नदीको लक्ष्मणघाट क्षेत्रमा फोहरले वातावरण दुर्गन्धित बन्दै गएको छ ।
वाणगङ्गामा दिनहुँजसो हुने दाहसंस्कार पछि फोहर व्यवस्थापन हुन नसक्दा उक्त क्षेत्र दुर्गन्धित बनेको हो ।

शव जलाइसकेपछि त्यसबाट निस्कने फोहर नदी किनारमा यत्रतत्र छरिदा नजिकै रहेको प्रमुख धार्मिकस्थल लक्ष्मणघाट र नजिकैको बस्तीसमेत प्रदूषित भएको छ । जिल्लाको यो शवदहन स्थल लक्ष्मणघाट वाणगङ्गा नदीको वडा नं १२ र त्यसको पारि नगरपालिककै वडा नं ११ मा महत्वपूर्ण धार्मिक लक्ष्मणघाट मन्दिर क्षेत्रमा छ ।

लक्ष्मणघाट क्षेत्र यहाँको प्रमुख पवित्र नदीमध्येको एक मानिएकाले उक्त घाटमा कपिलवस्तु रुपन्देही, अर्घाखाँचीलगायतका जिल्लाबाट समेत दाहसंस्कार गर्न ल्याउने हुँदा दैनिक दुई÷तीन वटा शवको दाहसंस्कार हुने गरेको स्थानीयबासी रेशम खनाल बताउनुहुन्छ । महत्वपूर्ण तीर्थस्थलमा व्यवस्थित शव दहन स्थान नहँुदा फोहर बढ्दै गएकाले व्यवस्थापनका लागि नगरपालिकाले ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

बिगतमा घाटसंगै रहेको मन्दिरमा सोही नदीको जल चढाउने गरिएकामा प्रदुषणले गर्दा जल चढाउने अवस्था नरहेको अर्का स्थानीयबासी विष्णु पाण्डेको भनाइ छ ।

लक्ष्मणघाट क्षेत्रबाट बहने वाणगङ्गा नदीबाट कपिलवस्तुको दक्षिण क्षेत्रमा सिँचाइका लागि नहर बनाइएकामा नदीमा बढ्दो प्रदूषणका कारण पानीसँगै बगेर आउने फोहरले समस्या पारेको स्थानीय किसान रामबहादुर थापा बताउनुहुन्छ । बगाएर ल्याएको फोहरले नहर सफाइ गर्नसमेत अप्ठ्यारो परेको उहाँको गुनासो छ ।

वाणगङ्गा नगरपालिकाका निमित्त प्रमुख मनिष खनालले पवित्र धार्मिक क्षेत्रमा शव दहन गर्ने र फोहरको उचित व्यवस्थापनका लागि योजना नै बनाउन नसक्नु प्रमुख कारण रहेको बताउनुहुन्छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका