Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्विट्जरल्यान्डका नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय – Gaule Khabar

स्विट्जरल्यान्डका नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय

स्विट्जरल्यान्डका नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय

नुवाकोट (थानापती), माघ २ –

नेपाली समाज बसेल स्विट्जरल्यान्डले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ ।

हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्ड बसेलका नेपालीले पठाएको करिब रु १४ लाख ५७ हजारमा सो विद्यालयको चारकोठे भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो ।

काठमाडौँबाट झन्डै ३२ किलोमिटर उत्तरतर्फ थानापती गाउँ विकास समिति, सानेपीपलको सो विद्यालयमा हाल दुई दर्जन बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका शिक्षक हरिबहादुर श्रेष्ठले बताउनुभयो । नवनिर्मित भनवको जिल्ला शिक्षा कार्यालय, थानापती स्रोत केन्द्रका प्रमुख महेश्वर पाण्डेले हालै उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली समाज बसेल स्विट्जरल्यान्डका सदस्य प्रवीणकुमार मगरले विदेशमा बसे पनि स्वदेशमा आपत् परेका नेपालीलाई सहयोग गराँै भन्ने भावनाले नेपाली खाना पकाएर बेच्ने तथा अन्य रचनात्मक कार्यक्रमबाट सङ्कलित रकम विद्यालय निर्माणमा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

हिमालय पिस एजुकेसन फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले भूकम्प गएपछि नुवाकोट क्षेत्रमा टिनका ३०० अस्थायी घर र पाँच विद्यालय पुनःनिर्माणमा सहयोग गरेको बताउनुभयो ।

स्थानीय हरिप्रसाद सिलवालको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको जग्गा संरक्षण गर्न पर्खाल लगाउनुपर्ने तथा शैक्षिक गुणस्तर सुधार्न अझै सहयोगको खाँचो रहेको बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका