Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निर्वाचनमार्फत निकास निकाल्न एमालेको जोड – Gaule Khabar

निर्वाचनमार्फत निकास निकाल्न एमालेको जोड

निर्वाचनमार्फत निकास निकाल्न एमालेको जोड

काठमाडौँ,मंसिर ३० –

नेकपा ९एमाले०ले निर्वाचनमार्फत राजनीतिक निकास निकाल्न आफ्नो दल सधैँ तत्पर रहेको जनाएको छ ।

पार्टीको स्थायी कमिटीको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधानको कार्यान्वयनका लागि मुलुकको राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक समृद्धि नै अहिलेको राष्ट्रिय कार्यभार भएकामा जोड दिएको छ ।

बैठकले संविधान संशोधन विधेयक फिर्ता गरी आगामी निर्वाचनका लागि राजनीतिक शक्तिको बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसर हुन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

बैठकले संविधान संशोधनसम्बन्धी विधेयक विरुद्ध संसद्भित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

‘संविधानले निर्धारण गरेको मितिभित्र जनप्रतिनिधिमूलक निकायको निर्वाचन हुनु अनिवार्य छ । विसं २०७४ माघ महिना अगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ – ‘असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आमजनसमुदाय तथा विभिन्न सङ्घ सङ्गठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।” रासस
काठमाडौँ, ३० मङ्सिर । नेकपा ९एमाले०ले निर्वाचनमार्फत राजनीतिक निकास निकाल्न आफ्नो दल सधैँ तत्पर रहेको जनाएको छ ।

पार्टीको स्थायी कमिटीको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधानको कार्यान्वयनका लागि मुलुकको राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक समृद्धि नै अहिलेको राष्ट्रिय कार्यभार भएकामा जोड दिएको छ ।

बैठकले संविधान संशोधन विधेयक फिर्ता गरी आगामी निर्वाचनका लागि राजनीतिक शक्तिको बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसर हुन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

बैठकले संविधान संशोधनसम्बन्धी विधेयक विरुद्ध संसद्भित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

‘संविधानले निर्धारण गरेको मितिभित्र जनप्रतिनिधिमूलक निकायको निर्वाचन हुनु अनिवार्य छ । विसं २०७४ माघ महिना अगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ – ‘असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आमजनसमुदाय तथा विभिन्न सङ्घ सङ्गठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।” – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका