Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिन्धुलीमा पहिलो पटक लिटिल प्रिन्स एण्ड प्रिन्सेस् प्रतिस्पर्धा सम्पन्न – Gaule Khabar

सिन्धुलीमा पहिलो पटक लिटिल प्रिन्स एण्ड प्रिन्सेस् प्रतिस्पर्धा सम्पन्न

सिन्धुलीमा पहिलो पटक लिटिल प्रिन्स एण्ड प्रिन्सेस् प्रतिस्पर्धा सम्पन्न

सिन्धुली, माघ २४-

सिन्धुलीमा पहिलोपल्ट लिटिल प्रिन्स एण्ड प्रिन्सेस् प्रतिस्पर्धा भएको छ । वालवालिकामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन ग्ल्यामरस नेपालले सिनियर गर्लस, सिनियर ब्वाइज, जुनियर गर्लस र जुनियर ब्वाइज गरी ४ फरक प्रतिस्पर्धा गराएको थियो ।

प्रतिस्पर्धामा सिनियर गर्लतर्फ ओस्तिका कार्कीले टाइटल जितेकी छन् । यस्तै एलिसा थापा फष्ट रनरअप, रोसना ढकाल सेकेन्ड रनरअप र मनिता श्रेष्ठ थर्ड रनरअप भए । सिनियर ब्वाईजतर्फ शैलेस श्रेष्ठ विजेता भए । यस्तै साहिल खड्का फष्ट रनरअप, सुयोग कोइराला सेकेन्ड रनरअप र नविन सुनुवार थर्ड रनरअप भए ।जुनियर गर्लतर्फ कन्चन ठकुरीले टाइटल जितिन् । यस्तै गरिमा बुर्जा फष्र्ट रनरअप पेमा लामा सेकेन्ड रनरअप र आशिका खड्का थर्ड रनरअप भए । जुनियर ब्वाईजतर्फ संगम श्रेष्ठले अवार्ड तिजे । त्यसपछि जेनिस योञ्जन फष्ट रनरअप, अंकित विक सेकेन्ड रनरअप र आदित्य चौधरी थर्ड रनरअप भए ।

प्रतिस्पर्धीलाई एक महिना वन्द प्रशिक्षण दिइएको आयोजक ग्ल्यामर नेपालका प्रबन्ध निर्देशक अशिम ज्वयल श्रेष्ठले जानकारी दिए । उक्त प्रतिष्प्रर्धामा निर्णायकको भूमिका बरिष्ठ पत्रकार लीलानाथ घिमिरे, वरिष्ठ कलाकार तथा निर्माता पुकार भट्टराई, चर्चित मोडल प्रनिसा उदास र वरिष्ठ दृष्य सम्पादक रविन भट्टले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका