Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
४ बुँदे सम्झौता गर्दै स्वास्थ्य मन्त्रीको रोहबरमा तिवारीले अनशन तोडे – Gaule Khabar

४ बुँदे सम्झौता गर्दै स्वास्थ्य मन्त्रीको रोहबरमा तिवारीले अनशन तोडे

४ बुँदे सम्झौता गर्दै स्वास्थ्य मन्त्रीको रोहबरमा तिवारीले अनशन तोडे

काठमाडौं,मंसिर २५-

राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै १८ दिनदेखि अनशनरत विकाश तिवारीले अनशन तोडेका छन् । स्वास्थ्य मन्त्री गगन थापाको रोहबरमा ४ बुँदे सम्झौता गर्दै उनले शनिबार अनशन तोडेका हुन् । तिवारीले ७ महिनाकी कुपोषित बालिका निलम मण्डलको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

उनका माग सम्बोधन गर्न राजविराज पुगेका स्वास्थ्य मन्त्री थापाले प्रमुख विशेषज्ञको अध्यक्षतामा उच्चस्तरिय समिति गठन गरेका छन् । सो समितिले अञ्चल अस्पतालमा भएका अनियमितता र भावी कार्ययोजनाबारे एक महिना भित्र मन्त्रालयलाई प्रतिवेदन बुझाउनेछ । मन्त्री थापाले तिवारीसँग एक महिना भित्र अस्पतालमा विशेषज्ञ चिकित्सकसहित खाली रहेका दरबन्दीमा पदपूर्ती गर्ने सहमति गरेका छन् । यसैगरी स्थानिय प्रशासनले हरेक साता अस्पतालको अनुगमन गर्ने भएको छ । तिवारीका माग सम्बोधन गर्न मन्त्री थापासहित मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासकसहितको टोली राजविराज पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका