Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली बजारमा सुजुकी सुपर क्यारी सार्वजनिक – Gaule Khabar

नेपाली बजारमा सुजुकी सुपर क्यारी सार्वजनिक

नेपाली बजारमा सुजुकी सुपर क्यारी सार्वजनिक

काठमाडौं, मंसिर २९–

सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा लाइट कमर्शियल भेहिकल (एलसीभी) सुजुकी सुपर क्यारी सार्वजनिक गरेको छ ।
यस सँग कम्पनीले एलसीभी सेग्मेण्टमा समेत आफ्नो ब्यवसाय विस्तार गरेको छ । सीजी मोटोकर्प सुजुकीका चार पाङग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो । सीजी मोटोकर्पले काठमाडौंमा कम्पनीको महाराजगञ्ज र बालकुमारीस्थित विक्रि केन्द्र मार्फत गाडी उपलब्ध गराउने छ ।
त्यसैगरी, उपत्यका बाहिर भने पोखरा, वीरगञ्ज, विराटनगर र बुटवल विक्री केन्द्र मार्फत गाडी उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आउने महिनाहरुमा आफ्नो विक्रि सञ्जाल थप बृहत बनाउँदै लैजाने बताएको छ ।
कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सुजुकी सुपर क्यारीलाई फाइभ स्पिड म्यानुअल ट्रान्समिशन सहितको ७ सय ९३ सीसी क्षमताको ट्विन सिलिण्डर ईञ्जिनले शक्ति प्रदान गर्छ । कम्पनीका अनुसार सुपर क्यारीले ३ हजार ५ सय आरपीएममा ३२ दशमलव ६३ बीएचपीको शक्ति र २ हजार आरपीएममा ७५ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । त्यसैगरी, सार्वजनिक नयाँ गाडीले एआरएआई प्रमाणित २२ दशमलव ०७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार गाडीको अधिकतम गति क्षमता ८० किलोमिटर प्रति घण्टा छ ।
३ दशमलव २५ स्क्वायर मिटरको लोडिङ बे सहितको सुपर क्यारीले ७ सय ४० किलोग्राम भारबहन (पेलोड) गर्ने क्षमता राख्छ । १ सय ६० एमएम ग्राउण्ड क्लियरेनस सहितको सुपर क्यारीको अघिल्लो भागमा मकफेरसन स्टु«ट्स र पछिल्लो भागमा लिफ स्प्रिङ्स सहितको रिजिड एक्सल सस्पेन्सनको ब्यवस्था गरिएको छ । गाडीको ह्विल बेस ४ दशमलव ३ मिटर्समा २ हजार १ सय १० एमएम रहेको छ । कम्पनीका अनुसार गाडीको टर्निङ ¥याडियस ह्याचब्याक सँग मिल्दो जुल्दो छ ।
सार्वजनिक गरिएको नयाँ एलसीभी, सुपर क्यारीमा कम्पनीले लाइट स्टेरिङ ह्विल, मोबाइल चार्जिङ सकेट, डुअल एसिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, लकगर्न मिल्ने ग्लोभबक्स र बोटल होल्डर लगायत सबै आधारभूत फिचर्स समाहित गरेको छ । १२ ईञ्चको पाङ्ग्रा सहितको सुपर क्यारीमा लोड सेन्सिङ प्रोपर्सनिङ भल्भ –(एलएसपीभी) ब्रेकिङ प्रणाली जडान गरिएको छ । यसले फ्रण्ट डिस्क र रियर ड्रम ब्रेक्स लगाउँदा सवारीलाई नियन्त्रित राख्न सहयोग पु¥याउँछ । कम्पनीले गाडीको खरिदमा उपभोक्तालाई २ बर्षको वारेण्टि सुविधापनि उपलब्ध गराउने जनाएको छ ।
‘भारु. ३ सय करोड भन्दा बढीको लगानीमा भारतमा सुपर क्यारीको विकास तथा निर्माण गरिएको हो’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ‘उपभोक्ताको फाइदा तथा आवश्यकतालाई दृष्टिगत गर्दै सवारीको डिजाइनमा गहन अध्ययन तथा विशेष ध्यान दिइएको छ ।’ सुपर क्यारीले अधिकतम भारवहन क्षमता अत्यधिक शक्तिका साथै उत्कृष्ट माइलेज समेत प्रदान गर्ने चौधरीले बताए । ‘न्यूनतम मर्मत खर्च तथा सस्तो मुल्यमै उपलब्ध हुने स्पेयर पार्ट्सले गर्दा यो गाडीको माध्यमबाट हाम्रा उपभोक्ताले अत्यधिक फाइदा उठाउन सक्ने कुरामा हामी विश्वस्त छौँ’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका