Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पुनःनिर्माणमा सहयोग गर्ने साझेदारको प्रतिबद्धता – Gaule Khabar

पुनःनिर्माणमा सहयोग गर्ने साझेदारको प्रतिबद्धता

पुनःनिर्माणमा सहयोग गर्ने साझेदारको प्रतिबद्धता

काठमाडौँ,मंसिर २२ –

भूकम्पपछिको पुनःनिर्माणमा विकास साझेदारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिले पुनःनिर्माणसम्बन्धी प्राधिकरणले तयार पारेको कार्ययोजना कार्यान्वयनका लागि प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र विकास साझेदारबीच आज बसेको संयुक्त बैठकमा यस्तो प्रतिबद्धता जनाइएको हो ।

कार्ययोजना अघि बढाउनका लागि विभिन्न साझेदार संस्थाले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि प्राधिकरणमा स्थापना गरिएको पुनःनिर्माण कोषलाई भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन र प्राधिकरणको निर्देशक समितिले गरेको निर्णयअनुसार बजेट परिचालन गर्नसक्ने गरी कार्यान्वयनमा ल्याउन साझेदारले माग गरेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

मङ्सिर ५ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, सार्वजनिक भवन, पुरातात्विक सम्पदा पुनःनिर्माणसहितको कार्ययोजनालाई पारित गरेको थियो ।

बैठकमा समितिका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले हालसम्म गरेको कार्य प्रगति र देखापरेका चुनौतीबारे जानकारी गराउनुभयो । उहाँले साझेदारले कार्ययोजना अनुरुप कार्यान्वयन गर्नका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

बैठकले पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनाको खाकाअनुसार पुनःनिर्माण कार्य सम्पन्न गर्न आवश्यक पर्ने वित्तीय स्रोतको परिचालनका निम्ति स्पष्ट योजना तयार पार्न पनि सुझाव दिएको छ । साझेदारले सरकार र प्राधिकरणको सहकार्यमा योजना तयार पार्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

बैठकले सूचना व्यवस्थापन, अनुमगन तथा सञ्चार प्रक्रियालाई थप प्रभावकारी बनाउन एकीकृत सूचना तथा सञ्चार प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएको छ ।

समितिमा साझेदारलाई संलग्न गराउनका निम्ति तीन वटा सरोकार समन्वय समूह तथा चार वटा विषयगत सल्लाहकार उपसमिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका