Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मापदण्ड पूरा नगर्ने अस्पताल विरुद्ध कडा हुदै जिल्ला जनस्वास्थ्य,फागुनभित्र मापदण्ड पूरा नगरे वन्द गरिने – Gaule Khabar

मापदण्ड पूरा नगर्ने अस्पताल विरुद्ध कडा हुदै जिल्ला जनस्वास्थ्य,फागुनभित्र मापदण्ड पूरा नगरे वन्द गरिने

मापदण्ड पूरा नगर्ने अस्पताल विरुद्ध कडा हुदै जिल्ला जनस्वास्थ्य,फागुनभित्र मापदण्ड पूरा नगरे वन्द गरिने

किशोर खनाल,

चितवन माघ २३-

चितवनका केही अस्पतालहरु मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । अस्पताल सञ्चालनको लागि सरकारले तोकेको मापदण्ड यहाँका निजी अस्पतालहरुले पूरा गरेका छैनन् । केही अस्पतालहरु त अझ दर्ता नै नगरी सञ्चालन भइरहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाले चितवनका सबै अस्पताललाई मापदण्ड पूरा गर्नको लागि सूचना जारी गरेको बताए । उनले भने, ‘आज निस्कने पत्रिकावाटै हामीले दर्ता नगरी चलेका स्वास्थ्य संस्थाहरुलाई दर्ता गर्न फागुन ८ गतेभित्र दर्ता गरिसक्न नविकरण गर्न सूचना जारी गरिसकेका छौँ ।’

मापदण्ड पूरा नगरेका अस्पतालहरुलाई पूरा गर्न जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ । चितवनका अस्पतालहरु आधाभन्दा बढीले मापदण्ड पूरा गरेका छैनन् । कतिपय अस्पतालहरु सटरमा पसल थापेजसरी सञ्चालन भएका छन् । साँघुरो कोठामा धेरै बेडहरु राखिएका छन् ।

‘स्वास्थ्य संस्थाहरुले फागुनभित्र मापदण्ड पूरा गरेनन् भने बन्द हुन सक्छन्, त्यसैले तपार्इँको मिडियामार्फत सम्पूर्ण अस्पताललाई दर्ता गरी मापदण्ड पूरा गर्न अनुरोध गर्छु’ जनस्वास्थ्य प्रमुख झाले भने, ‘तोकिएको समयभित्र स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा मापदण्ड पूरा नभए कानुनबमोजिम कारबाही हुन्छ ।’

प्राइभेट हस्पिटल एशोसिएसन अफ नेपाल (अफिन) का केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष नारायणसिंह कुँवरले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० (दोस्रो संशोधन २०७३) अनुसार अस्पताल सञ्चालन नभएको जानकारी दिए । उनले भने, ‘सरकारको निर्देशनअनुसार अस्पताल सञ्चालन गर्न तत्काल सम्भव छैन, हामीलाई सरकारले सबै मापदण्ड पूरा गर्न ६ वर्षको समय दिएको छ । नाकाबन्दी र भूकम्पको कारणले ६ वर्षको समय पनि पुग्दैन । त्यसैले अफिनले डेढ वर्षको समय थप्न माग गरेको छ ।’

सरकारको निर्देशिकामा सामान्य अस्पताल सञ्चालन गर्न पनि सरकारले भूकम्प प्रतिरोधी सुविधायुक्त भवन, यथेष्ट पार्किङ, बेड राख्ने पर्याप्त ठाउँ, आफ्नै स्वामित्वमा जग्गा र भवन, प्रशस्त मेडिकल उपकरण हुनुपर्ने जनाएको छ । चितवनमा दुई मेडिकल कलेज, भरतपुर अस्पताल र क्यान्सर अस्पतालबाहेक २० वटा निजी अस्पतालहरु छन् । २० अस्पतालहरुमध्ये मापदण्ड पूरा नगरेका अस्पतालहरु आधा छन् ।

‘निर्देशिका निजी अस्पतालको लागिमात्र गर्नु भएन, सरकारी अस्पताललाई पनि यो नियम लागू हुनुपर्छ भन्ने अफिनको माग छ’ अफिनका अध्यक्ष कुँवरले भने । उनले मापदण्ड पूरा गर्ने अस्पताल चितवनमा कम रहेको बताए । उनका अनुसार अबको साढे पाँच वर्षभित्र सबै निजी अस्पतालहरुले मापदण्ड पूरा गर्ने लक्ष्य लिएका छन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुद्र मरासिनीले चितवनका साना अस्पतालहरुले मापदण्ड पूरा नगरेका र अस्पताल मर्ज गरेर भए पनि सबै अस्पतालहरुले मापदण्ड पूरा गर्नुपर्ने बताए । उनले सरकारले सम्पूर्ण स्वास्थ्य निकायहरुको नियमन गर्ने काम सरकारी अस्पताललाई जिम्मा दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका