प्रधानमन्त्री भन्छन्–‘ठोस प्रस्ताव ल्याउनुस्, माडीको विकासमा प्रतिवद्ध छु’

प्रधानमन्त्री भन्छन्–‘ठोस प्रस्ताव ल्याउनुस्, माडीको विकासमा प्रतिवद्ध छु’

चितवन, मंसिर २०–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीबासीलाई विकासका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गर्नुभएको छ ।

माडी काठमाडौ सम्पर्क समाज, रेडियो माडी र माडी नगरपालिकाको आयोजनामा भएको कार्यशाला गोष्ठीबाट बनेको अवधारणा पत्र बुझाउन प्रधानमन्त्री निवास पुगेका माडीका अगुवाहरुलाई यस्तो आग्रह गरेको हो ।
जवाफमा प्रधानमन्त्री दाहालले सबै क्षेत्रलाई समेटेर रेवा बहुउदेश्यीय परियोजना ल्याउन आग्रह गर्नुभएको स्थानीय अगुवा सन्तोष पनेरुले जानकारी दिनुभयो । सो परियोजनामा माडीमा तटबन्धन, बाटो, निकुञ्ज सुरक्षा, पोलिटेक्निक वहुविद्यालय, राजनैतिक पर्यटनका लागी बादरमुडेँ स्मारक र एकता स्तम्भ समेटिएको ठोस प्रस्ताव ल्याउन आग्रह गर्नुभएको हो । यी सबै समेटिएको परियोजना ल्याए तत्काल प्रक्रिया अगाडी बढाउने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ