कठ्याङ्ग्रिएर मृत्यु

कठ्याङ्ग्रिएर मृत्यु

राजविराज, मंसिर २८ –

पूर्वी तराई–मधेसमा अत्यधिक रुपमा बढेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जाडोले कठ्याङ्ग्रिएर सप्तरीको गोबरगढामा गए राति एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी, हनुमाननगर योगिनीमाई नगरपालिका–८ गोबरगढा निवासी १३ वर्षीया वन्दनाकुमारी मुखिया रहेकाको प्रहरीले जनाएको छ ।

बढ्दै गएको चिसोले न्यानो कपडाको अभावमा राति सुतेको अवस्थामा ओछ््यानमै उनको मृत्यु भएको बताइएको छ । केही दिनयतादेखि बढेको बाक्लो हुस्सुका कारण सप्तरीसहित तराईका जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ