काठमाडौंका क्याम्पस अगाडि अखिलको बिरोध प्रदर्शन

काठमाडौंका क्याम्पस अगाडि अखिलको बिरोध प्रदर्शन

काठमाडौं, मंसिर १६–

 

सरकारले संविधान संशोधन बिधयेक संसदमा दर्ता गरेको बिरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले आज बिहान काठमाडौंका बिभिन्न सरकारी क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेको छ ।

बिद्यार्थीको बिरोध प्रदर्शनबाट आज बिहान काठमाडौंको केहि स्थानका ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । यद्यपि ट्राफिक प्रहरीले अहिले सबै सामान्य भइसकेको बताएको छ ।

एमाले अखिल कार्यकर्ताले काठमाडौंका अमृत साइन्स, त्रिचन्द्र, आरआर, सरस्वती, पशुपति लगायतका क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेका थिए ।

अखिलको केन्द्रीय कमिटीको आहृवानमा देशभरका प्रमुख क्याम्पसअगाडि प्रदर्शन गरिएको अखिलका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

सरकारबिरुद्धको नारावाजीसहित प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले साढे सातदेखि देखि १० बजेसम्म प्रदर्शन गर्दा कार्यालय समयमा काठमाडौंका बिभिन्न स्थानमा लामो ट्राफिक जाम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ