ट्रकको ठक्करबाट मृत्यु

ट्रकको ठक्करबाट मृत्यु

चितवन, मंसिर २० – पूर्वी चितवनको जयमङ्गलामा ट्रकको ठक्करबाट आज बिहान पैदलयात्री स्थानीयवासी ५० वर्षीय राजकुमार परियारको निधन भएको छ ।
रत्ननगर–११ जयमङ्गलवाबाट टाँडीतर्फ आउँदै गरेको ना२ख ४९७१ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ