Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सौराहाको होटल भिजिट नेपालबाट ८ जना पक्राउ – Gaule Khabar

सौराहाको होटल भिजिट नेपालबाट ८ जना पक्राउ

सौराहाको होटल भिजिट नेपालबाट ८ जना पक्राउ

चितवन , मंसिर १६
चितवनको पर्यटकिय क्षैत्र सौराहाबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सौराहाको होटल भिजिट नेपालबाट प्रहरीले आज बेलुका ७ जनालाई आपत्तीजनक अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५ जना युवती र २ जना युवा रहेका छन् । उनीहरुसंगै प्रहरीले होटलका म्यानेजरलाई समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

उक्त होटलमा अनैतिक र गैर कानुनी यौन क्रियाकलाप हुने गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले छापा मारेको थियो । होटलमा छापा मार्दा उनीहरु आपक्तीजनक अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नारायण रन्जीतकारले जानकारी दिए । पक्राउ परेकाहरु व्यवसायिक यौनकर्मी भएको प्रहरीले आशंका गरेको छ । उनीहरुमाथी थप अनुशन्धान भइरहेको उनले बताए ।
त्यस्तै प्रहरीले आज रत्ननगरबाट एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्लामा मंसिर १५ गते आफ्नै ससुराको हत्या गरी फरार रहेका शेर बहादुर पहरीलाई रत्ननगर १२ सुब्बा चोकबाट आज पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पहरीलाई आज नै ईलाका प्रहरी कार्यालय पोखरीया पठाइएको प्रहरी नायब उपरीक्षक रन्जीतकारले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका