युक्रा न्युयोर्क च्याप्टरले किरातिहरुको उभौली चाड साकेला भब्यरुपले मनाए

युक्रा न्युयोर्क च्याप्टरले किरातिहरुको उभौली चाड साकेला भब्यरुपले मनाए

न्युयोर्क । यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ( युक्रा) न्युयोर्क च्याप्टरले भब्यताका साथ किरातीहरुको महान चाड उभौली साकेला सम्पन्न गरेको छ ।

जुन १७, २०२३ शनिबार न्युयोर्क कुइन्स्को एलम्हर्ट्सबाट र्‍याली निकालेर न्युयोर्कको प्रमुख शहर म्यानहाटन स्थित टाइम्स् स्क्वायरमा उभौली चाड मनाएको हो । न्युयोर्कको प्रमुख सहरमा किरातिहरुको साकेला नाच प्रस्तुत भएको ईतिहासमा नै पहिलो पटक भएको उक्रा न्युयोर्क च्याप्टर अध्यक्ष ममता खालिङ राइले बताए ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर खालिङ राई प्रमूख अतिथि र सिटिको तर्फबाट अधिवक्ता द्वय जुमाने विलियम्स र काशिफ हुसेनलाई बिशेष आतिथ्यामा आयोजित उभौली साकेला कार्यक्रममा उत्कृष्ट आठजना कलाकारलाई प्रमाणपत्रले सम्मन गरिएको थियो ।

उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग, स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर खालिङ राई ज्युको चार बर्ष कार्यकाल पूरा भएकोले बिदाई गरिएको अध्यक्ष खालिङ राइले बताए ।

कार्यक्रममा न्युयोर्कका लागि नेपाल सरकारका कार्यबाहक महावाणिज्यदूत बिष्णु गौतम, युक्रा केन्द्रिय अध्यक्ष जय कुमार थुलुङ राई, जनजाती महासंघ अमेरिकाका केन्द्रिय महासचिब टोमा लामा, एन आर एन न्युयोर्क च्याप्टरका सभापति आङ छिरिङ् शेर्पा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा, कालेजपोइन्ट सिविक तथा ट्याक्स्पेयर अशोशिएसन्का अध्यक्ष, न्युयोर्कका मेयर एरिक एडम्स्का सल्लाहकार तथा हामी नेपाली ग्लोबलका बरिष्ठ केन्द्रिय उपाध्यक्ष नवराज केसी, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष शंकर पन्त, जनसम्पर्क समिती अमेरिकाका महासचिब मुनिन्द्र नेम्बाङ, किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष वाकास राई, नृत्य निर्देशक तथा युक्रा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई, मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राणा मगर, शेर्पा किदुकका अध्यक्ष पेम्बा शेर्पा, तमु सोसाइटी अफ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, तामाङ सोसाइटी अफ अमेरिकाको प्रतिनिधि सेन्तुलामा (रक) किरात याक्थुम् चुम्लुङ दिपक थेबे, मकैहाउसका संचालक तथा सन्चार्कमी बिकी पुलामी, हेल्लो अमेरिकाका सन्चार्कर्मी सम्राट कार्की र सुमन थाम्सुहाङ, नेवा गूठि अध्यक्ष बिजय महर्जन, मूगुम समाज अमेरिकाको अध्यक्ष वाङेल लामा, महिला महासंघ अमेरिकाका अध्यक्ष इन्दिरा चोङ्बाङ, समाज सेवी तिलबहादुर कार्की, समाज सेवी यामलामा, नोक्छो पदम बहादुर राई हामी नेपाली ग्लोबल अमेरिकाका सचिब सुर्य सिम्खडा, एभरेस्ट क्लामर अध्यक्ष पासाङ शेर्पा, एन आर एन न्युयोर्क च्याप्टरका उपाध्यक्ष शोभा कान्त पाण्डे लगायत न्युयोर्क निवासी हजारौ किरातिहरुको उपस्तिथि भएको अध्यक्ष खालिङ राईले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका