Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मिस नेपाल आइडल २०१९ को ताज ङिमा ल्हमु शेर्पालाई – Gaule Khabar

मिस नेपाल आइडल २०१९ को ताज ङिमा ल्हमु शेर्पालाई

मिस नेपाल आइडल २०१९ को ताज ङिमा ल्हमु शेर्पालाई

 गाउँले न्युज – काठमाडौं ,   मिस नेपाल आइडल २०१९ को ताज ङिमा ल्हमु शेर्पाले जितेका छिन् ।अमेजोन इन्टरटेनमेन्टले आयोजना गरेको मिस नेपाल आइडल २०१९ मा उनले प्रथम बिजेता संगै मिस बेस्ट पब्लिक चोइस अवार्ड समेत जित्न सफल भएका हुन ।

 

शेर्पाले यही अशोज ८ मा सम्पन्न प्रतिस्पर्धामा १२ प्रतिस्पर्धी लाइ पछि पार्दै उपाधी जित्न्न सफल भएका हुन । उनी सोलुखुम्बु जिल्ला खुम्बु पासँग ल्हमु गाउँपालिका ४ मा जन्मिएकी हुन । अध्ययनको क्रम संगै २०१४ मा मिस मंगोल् बाट आफ्नो यात्रा सुरु गरेकी हुन । मिस मंगोलमा ट्प फाइप र मिस पब्लिक चोइस अवार्ड लिन सफल भइन । तेस्तै २०१८ मा सम्पन्न मिस शेर्पा मा सेकेन्ड रनर अप संगै पब्लिक चोइस अवार्ड लिन सफल भए लगतै २०१९ मा मिस नेपाल आइडलको ताज र मिस बेस्ट पब्लिक चोइस अवार्ड समेत जित्न सफल भएका छिन् ।

 

भने प्रतिक्षा परियार फर्स्ट रनरअप , हाना बान्तवा सेकेन्ड रनरअप र मुनम मल्ल ठकुरी थर्ड रनरअप हुन सफल भए। तेसै गरि विभिन्न १३ ओटा सब टाइटल रहेका थिए। सब टाइटलमा बेस्ट फोटोजेनिक हाना बान्तवा ,बेस्ट पर्सनालिटी प्रिरना राइ ,बेस्ट स्माइल प्रतिक्षा परियार ,मोस्ट चार्मिंग इशिका घिमिरे, मोस्ट अक्ट्रयाक्तिभ सबिता गुरुङ ,बेस्ट डिसिप्लिन रशिला राजभण्डारी ,मोस्ट स्मार्ट आरती के सी ,मोस्ट एक्टिभ प्रबिना काराखेती। बेस्ट कम्प्लेक्सन मोनिका लिम्बु।,बेस्ट टेलेन्ट मुनम मल्ल ठकुरी ,पब्लिक चोइस ङिमा ल्हामु शेर्पा मोस्ट पपुलर प्रतिक्षा परियार र बेस्ट ड्रेस रशिला राजभण्डारी ले हात परेका थिए । शेर्पाले बिजेता संगै उनी अबको मिस आईकन वल्र्डमा प्रतिनिधित्व गर्न पाउने छिन ।

 

https://gaulenews.com/?p=47782

https://gaulenews.com/?p=47740

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका