सोलुखुम्बु । पाप्य दुधकोशी गाउँपालिकाद्वारा आयोजित पन्ध्रौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी हिमालय मावि वाकु हाँकुलाले उचालेको छ ।
माघ ३० गते बाट सुरु भएको कार्यक्रम हिजो फाल्गुण ३ गते शनिबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ४ रजत ९ कास्य सहित जमा २६ पदक सहित हिमालय माबिले उपाधी जितेको हो ।
दोश्रो स्थान हिमालय मावि खास्तापले १० स्वर्ण, १६ रजत, १५ कास्य सहित ४१ पदक सहित सुरक्षित गरेको छ । यस्तै काँकु मावि भेडाचौर ३४ पदक जित्दै तेश्रो भएको छ । भने क्रमस चौथो, पाचौ, छैटौ र सातौ २८ पदक सहित बासा खाली मावि, २२ पदक सहित सगरमाथा मावि वाकु, ५१ पदक सहित जुभिङमावि जुभिङ, २४ पदक जित्दै रामपुर माबि काकु भएका छन् ।
शनिबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा भएको फाइनलनमा अध्यक्ष राईले गाउँपालिकाले खेलकुद क्षेत्रलाई विकास गर्न ठुलो लगानी गरेकाले खेलाडीहरूले दत्तचित्त भएर खेलकुदलाई आफ्नो प्यासन बनाउन उत्प्रेरितहुन आग्रह गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरव राईले खेलकुदमा गाउँपालिकालाई चिनाउने जिम्मा खेलाडीहरूको हातमा रहेको र लगानी गर्ने काम गाउँपालिकाको भएको बताए ।
कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधी, माप्य दुधकोशी गाउँपालिकामा सन्चालिन विधालयका प्रधानध्यापक शिक्षक, कर्मचारी, स्थानिया बुद्दिजिवी, बिथार्थिहरुको बाक्लो उपस्तिथी रहेको थियो ।