सरकारको कदमलाई साथ नदिए देश ठूलो दुर्घटनाको खतरामाः प्रधानमन्त्री दाहाल

सरकारको कदमलाई साथ नदिए देश ठूलो दुर्घटनाको खतरामाः प्रधानमन्त्री दाहाल

चितवन, पुस २–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा हुने औल्याउनु भएको छ ।
चितवनको भरतपुरमा आजदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशलाई फेरी सामन्तीतन्त्र ल्याउन कोशिश भईरहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो–“सरकारले गरिरहेको कदमलाई मद्धत गर्नुपर्छ, गरिएन भने ठूलो राजनीतिक दुृर्घटनाको खतरा छ, त्यो दुर्घटनाले ४७ साल तिर त फर्कदैन ७४ साल तिरै जाने हो । दुई अंक चाही संयोग हो, संघीय गणतन्त्र उल्टाई पहिलेको सामन्तीतन्त्र ल्याउछौं भन्नु दिवा सपना हो ।”
प्रधानमन्त्री दाहालले संघीयतालाई खारेज गराउने षड्यन्त्र भईरहेको भन्दै यसको विरुद्धमा एकजुट भएर लड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“संघीयताको विरोध गर्नु गणतन्णको विरोध हो, गणतन्त्रको विरोध गर्नु धर्मनिरपेक्षताको विरोध हो, धर्मनिरपेक्षतको विरोध गर्नु समानुपातिक समावेशी मान्यताको पनि विरोध हो, त्यसैले हामी सचेत बनौं ।”
उहाँले प्रधानमन्त्री दाहालले अहिले पनि संघीयता खारेज गराउन ठूला दलहरुका ठूला नेताहरु नै खुलेआम लागेको भन्दै अब सबै सचेत हुनुपर्ने बताउनुभयो ।

janjati
प्रधानमन्त्री दाहालले आदिवासी जनजातिको योगदान विना अहिलेको स्थिति सम्भव नभएको भन्दै जनजातिहरुको माग पुरा गराउन प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“म आफैले संविधान अपुरो छ भनेको हुँ, अब पुरा गर्ने जिम्मेवारी मेरो काधमा आएको छ ।”
प्रधानमन्त्री दाहालले यो देश एउटा कुनै जाति विशेष पेवा, उपल्लो वर्गको ठेकेदारी मात्रै होइन भन्दै सबै जातजाति, सँस्कृति धर्मको साझा देश भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ